Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

किसान को पैदावार बढाउन हाइब्रिड धानको विउ ५०% अनुदानमा


२०७७ जेष्ठ २१ गते , बुधवार प्रकाशित

  शहबाज खान   कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले किसानका लागी ५०प्रतिशत को अनुदानमा १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ ।कृष्णनगर नगरपालिका बहादुरगंज मा रहेको राम गोरखा मा. वि. मा उक्त विउ वितरण भइ रहेको छ ।     कृष्णनगर नगरपालिका भित्र धान खेती योग्य जमीन ६०० हेक्टेयरको हराहारिमा रहेको छ। २५ कुइन्टल धान बीउ नेपालमा पंजिकृत हाईब्रिड बीउ वितरण गर्ने लक्ष्य राखी १८ कुइन्टल बीउ मगाई ५०प्रतिशत अनुदानमा वितरण गरिरहेका छन् र किसानहरुको माग बढ्यो भने थप बीउ उपलब्ध गराउन जानकारी दिएका छन्। किसानको विउ छर्ने बेला रहेकाले उक्त धान वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका कृषि अधिकृत सुदिपप्रताप मौर्यले जानकारी दिए ।१८ क्विंइटल हाइब्रिड धानको बिउमा ६४४४ जुन १३५ दिन मै तयार हुने, ग्क् ३०५ जुन १२५–१३५ दिनमा तयार हुने र महिको कम्पनीको उपज धान १२० दिन मा तयार हुने खालको जात रहेको छ ।

  कृषि समूह र किसान व्यक्तिगत मार्फत उक्त विउ वितरण र किसानको पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गरिरहेको कुरा कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए।     कृष्णनगर नगरपालिका भित्रका कृषक अधिकांश अकाशे पानीको भरमा धान बालीको खेती गर्दै आएका छन।
    स्थानिय कृषकको भनाईनुसार कृष्णनगर नगरपालिकाले अनुदानको बीउ वितरणमा ढिलाई भएको छ । अधिकांश कृषकहरुले धान बीउ अवश्यकतानुसार पहिले नै खरिद गरि सकेका छन।     

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif