Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

देशमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो स् संक्रमित २३०० मृतक ९ जना पुगे


२०७७ जेष्ठ २१ गते , बुधवार प्रकाशित

    नेपालमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको हो।         आज थपिएका २०१ सहित नेपालमा संक्रमितको संख्या २ हजार ३ सय पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ।

  नेपालमा हालसम्म संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्। आज १२ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २७८ पुगेको हो। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif