Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

महामारीको बढ्दो संक्रमण सम्हाल्ने जिम्मेवारी अब नेपाली सेनामा


२०७७ जेष्ठ २१ गते , बुधवार प्रकाशित

काठमाण्डौ । दुइ महिनाभन्दा बढी समयको लकडाउन पछि पनि देशमा कोरोना संक्रमण उच्च दरमा बढ्दै गएको र बिदेशबाट स्वदेश फर्किने मूख्य गरेर श्रमिक नेपालीहरुको संख्यापनि निरन्तर बढ्दै गएको स्थितिमा सरकारले यसको ब्यबस्थापन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ । यसलाई बिपद् ब्यवस्थापनमा सेनाको परिचालन गर्ने परम्परा रहेको भन्दै बिपद ब्यवस्थापन र अन्य कार्य गर्न समेत सेनालाई खटाइएको बताइएको छ ।
    यस अनुसार कोरोना भाइरसबाट उत्पन्न  सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले तयार गरेको ‘कोभिड(१९ को रोकथाम, प्रतिकार्य र नियन्त्रणको राष्ट्रिय अभियानको योजना २०७७’ मा दिएको जिम्मेवारी निर्वाह नेपाली सेनाले गर्ने भनिएको छ।     सुरक्षा परिषद्‍को सिफारिस अनुसार मन्त्रिपरिषद्ले संविधानको धारा २६६ को उपधारा १ मा उल्लेख गरिएको ’नेपालको समग्र राष्ट्रिय हित‘ ’ मा टेकेर र धारा २६७ को उपधारा ४ को प्रावधान अन्तर्गत सैनिक ऐन अनुसार नेपाली सेनालाई महामारीसँग जुध्ने काममा खटाउने निर्णय भएको कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई  बताएकी नन्।

  यस सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सरकारको आदेशपछि नेपाली सेना खटिइसकेको छ । उनका अनुसार  “सीसीएमसी अन्तर्गतको सुरक्षा क्षेत्रको काम कार्यान्वनय गराउन नेपाली सेना परिचालन भएको छ। अहिले नेपाली सेना तोकिएको स्थानमा रेकी गर्न गइसकेको छ ।’’
    हवाईमार्ग हुँदै काठमाण्डूमा र स्थलमार्ग हुँदै भारतीय नाकाबाट भित्रिने करिब नौ लाख नेपालीलाई ’होल्डिङ सेन्टर’मा लगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यमा सेनाले सघाउने ।बताइएको छ ।
 
सेना परिचालनका चार रणनीति    ’महामारीको रोकथाम, प्रतिकार्य र नियन्त्रण गरी जनताको जीवन रक्षा गर्दै जनजीवनलाई सामान्य स्थितिमा ल्याई राष्ट्रको शान्ति सुव्यवस्था कायम राख्ने’ मुख्य उद्देश्य लिएको योजनामा नेपाली सेना लगायत विभिन्न क्षेत्रको जिम्मेवारी तोकिएको हो।
    यसको निम्ति ’राष्ट्रिय ऐक्यबद्धताका साथ राष्ट्रिय शक्तिमा सम्पूर्ण शक्तिहरूलाई समन्वयात्मक रूपमा परिचालन गर्नुपर्ने आवश्कता ठानेर नेपाली सेनालाई पनि जिम्मेवारी दिइएको’ बताइएको छ।

  त्यसको निम्ति रणनीति बनाइएको छ। जसमा सङ्क्रमणको स्रोत नियन्त्रण गर्ने, सङ्क्रमणका सम्भाव्य मार्गहरू अवरूद्ध गर्ने, सम्भावित जोखिममा रहेका जनसमुदायको सुरक्षा गर्ने र सङ्क्रमितहरूको उपचार गर्ने उल्लेख छ।
 
 जिम्मेवारी निर्वाह गर्न चारवटा क्षेत्र छुट्याइएको छ : स्वास्थ्य व्यवस्थापन, आपूर्ति व्यवस्थापन, सुरक्षा व्यवस्थापन र सूचना व्यवस्थापन। सीसीएमसीका चारवटा ’कलस्टर’ अनुसार नै जिम्मेवारी वर्गिकरण गरेको देखिन्छ।  

  सीसीएमसीले जारी गरेको कार्ययोजना अनुसार त्यसमध्ये सुरक्षा कलस्टर अन्तर्गत यी जिम्मेवारी नेपाली सेनालाई तोकिएको छ  :   प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पु¥याई त्यहाँबाट होटल क्वारन्टीन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारन्टीनमा पु¥याउने आवश्यक यातायातका साधनको व्यवस्थापन गर्नेकाममा नेपाली सेनालाई यातायात व्यवस्था विभागको संयोजनमा ट्राफिक प्रहरी महाशाखाले सघाउने छ ।
    काठमाण्डूमा रहेका होल्डिङ सेन्टरको व्यवस्थापन सेनाले गर्ने छ भने सीमानाका सेन्टरमा उसलाई स्थानीय तहले सघाउने छ र नेपाल र सशस्त्र प्रहरीको सहयोगमा क्वारन्टीनको सुरक्षा, रेखदेख, नगरानी र अभिलेख गर्ने काम सेनाले गर्ने छ ।    यी काममा जिम्मेवार निकायको रूपमा सेनालाई राखिएको छ भने सहयोगी निकायको रूपमा अन्य विभिन्न जिम्मेवारी पनि दिइएको छ।   त्यसबाहेक उच्च जोखिम रहेका इलाकाका ’रेडजोन’ मा पनि सेना खटिने छ। समग्रमा क्वारन्टीन र आइसोलेशन लगायताको सुरक्षाको जिम्मेवारीमा सेना रहने छ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif