Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

पर्वतमा पहिलो पटक मंगलबार कोरोना १० जनामा पुष्टि, गण्डकीमा संक्रमित संख्या ३७ पुग्यो


२०७७ जेष्ठ २० गते , मंगलवार प्रकाशित

सीताराम थापा
     मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन्। प्रदेशका पर्वत जिल्लामा पहिलो पटक ५ जना कोरोना देखिएका हुन्। स्याङ्जामा पनि ५जना  गरी १० नयाँ संक्रमित भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार  पर्वत जिल्लाको फलेबास नगरपालिकाका २ र महाशिला गाउँपालिका ३ गरी ५ संक्रमित भेटिएका हुन् । संक्रमित पाँचै जना सदरमुकाम कुश्माको क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमण पुष्टि हुनेमा फलेबास नगरपालिकाका २० र ४० वर्षिय २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ गरी ५ जनामा कोरोना पुष्टि भएको  जनाएको छ ।

     यसैगरी स्याङजा जिल्लाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षिय समेत ४ पुरष  बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षिय पुरुषमा संक्रमित भेटिएको हो। यो सँगै गण्डकीमा कोरोना संक्रमित कुल संख्या ३७ पुगेको छ ।

    संक्रमित दशै जनालाई जिल्लास्थित आइसोलेसनमा लैजाने तयारी भई रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानाकारी दिएको जनाईएको छ।                      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif