Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

अमेरिकामा अश्वेत नागरिक हत्याको बिरोधमा ब्यापक आन्दोलन


२०७७ जेष्ठ २० गते , मंगलवार प्रकाशित

  पुलिसले घुँडाले घाँटी थिचेर मारेको भए पनि अञ्जानमा गरिएको हत्या भनेर टार्न खोज्दा अमेरिकामा ब्यापक बिरोध प्रदर्शन भएको छ र अमेरिकामा २० राज्यमा त कर्फ्यू नै लगाउनु परेको छ भने बढ्दो अशान्तिका बीच राजधानी वाशिङ्गटनमा प्रदर्शन हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प नै सैनिक बंकरमा लुकेर बस्नुपर्ने स्थिति आएको छ । जर्ज फ्लोइड नामका ती अश्वेत नागरिलाई पुलिसले गरेको हत्यालाई उनको पारिबारिक वकिल बेञ्जामित क्रम्पले भने सिबीएस न्यूजलाई यो जानीजानी गरिएको ‘नियोजित हत्या’ हो भनेका छन् । ‘श्वास फेर्न देउ भनेर फ्लोइडले अनुरोध गर्दा गर्दै पनि झण्डै नौ मिनेट जति पुलिसले घुडाले फ्लोइडको घाँटी थिचिरहेकाले ‘उनको हत्या गर्ने आशय थियो’ भनेर वकिलले भनेका छन् ।
      अमेरिकाको फिलडेल्फीयास्थित दुईवटा टेलिभिजनले आइतवार त्यहाँ यूवाहरू प्रदर्शनकारीहरुले प्रहरीका कैयौँ कारहरू तोडफोड गरेको र कम्तीमा एउटा पसलमा लुटपाट मच्चाएको देखाएका थिए।
  अश्वेत नागरिक फ्लोइडको हत्यालाई लिएर अमेरिकाको फिलडेल्फीयाबाहेक प्रदर्शनकारीहरू छैठौँ दिन पनि अमेरिकी  अन्य बिभिन्न शहरहरूमा भेला भएका छन्।   बढ्दो प्रदर्शनका बीच अहिले अमेरिकाका बीसभन्दा बढी राज्यहरुमा हिंसा नदोहोरियोस् भनेर  कर्फ्यू लगाइएको छ ।
  त्यहाँ यूवाहरु कालाहरुमाथिको श्वेत अमेरिकी सत्तको बर्षौंदेखि अपमान गरेको, दोश्रो दर्जाको ब्यवहार गरेको र यो हिंसा, लूटपाट गर्ने र अपमान गर्ने कुरा श्वेत सत्ताले नै सिकाएको भनेर आक्रोशा पोखेका छन् । 


  अमेरिकाको राजधानी वाशिङटनमा ह्वाइट हाउस नजिकै प्रदर्शनकारीहरूलाई रोक्न ब्यापक दङ्गा प्रहरी खटिएका छन्।   भिडलाई नियन्त्रण गर्न अमेरिकाभरी नै ५,००० भन्दा बढी न्याश्नल गार्डका सदस्यहरू परिचालन गरिएको छ । तथापि  थुप्रै ठाउँमा प्रदर्शनकारीहरू विरोधमा उत्रिएका छन् ।    बिश्लेषकहरुले फ्लोइडको हत्यालाई लिएर अहिले मिनियापोलिसबाहेक अन्य अमेरिकी राज्यहरूमा पनि भएका प्रदर्शन र आक्रोशले वर्षौंदेखि त्यहाँ रहेको सामजिक र आर्थिक असमानतालाई प्रतिबिम्बित गर्छ भनेका छन् ।
    हुन पनि मिनसोटाका गभर्नरले शनिवार त्यहाँ न्याश्नल गार्ड परिचालन गर्न लागेको बताएका थिए। दोस्रो विश्वयुद्धयता त्यसरी न्याश्नल गार्ड परिचालन गरिएको यो पहिलोपटक हो । यसले पनि स्थिति कति गम्भीर छ भन्ने जनाएको छ ।
    यो अमेरिकामा बढ्दो हिंसात्मक प्रदर्शन र बिरोधका बीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले  भइरहेका बेला एन्टिफासिस्ट मुभमेन्ट एन्टिफालाई ‘आतङ्कवादी सङ्गठन’को संज्ञा दिएका  छन्।
  राष्ट्रपति ट्रम्प र उनका महान्यायाधिवक्ता विलियम बारले पछिल्ला केही दिनमा भएका बिरोध प्रदर्शनमा अराजकता देखिएको र त्यसका लागि वामपन्थी समूहहरू दोषी रहेको आरोप दोहोर्याए छन्।   एन्टिफा आधिकारिक सङ्गठन नभएकोले त्यसलाई आतङ्कवादी भनेर कसरी भन्न मिल्छ त्यो स्पष्ट छैन भन्ने पनि त्यहाँ प्रशन उठेको छ ।    अमेरिकी अश्वेत नागरिक फ्लोइडकै हत्यालाई लिएर अमेरिका बाहिर पनि बिरोधहरु भएका छन् ।लण्डनस्थित अमेरिकी राजदूतावासबाहिर पनि करिब एक हजार मानिसहरूले ‍ र्याली निकालेको देखिएको छ ।   त्यस प्रदर्शनमा भाग लिने धेरैले “ब्ल्याक लाइभ्स म्याटर“ अर्थात् ‘अश्वेतको जीवनले अर्थ राख्छ’ भन्दै नारा लगाएका छन्।   उता जर्मनीको बर्लिनस्थित अमेरिकी राजदूतावासबाहिर दोस्रो दिन पनि सयौँ प्रदर्शनकारीहरू भेला भएका थिए ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif