Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न १० बामपन्थी दलको संयुक्त बक्तब्य


२०७७ जेष्ठ १९ गते , सोमवार प्रकाशित

  नेपाल कम्युनिष्ट पार्टी लगायत देशका १० जिम्मेवार बापन्थी राजनीतिक दलहरुले नेपाललाई सैन्य अखडा बनाउने चीनलाई घेर्ने  र इण्डो प्यासिफिक क्षेत्रमा आफ्नो पकड जमाइराख्ने उदेश्य अन्तरगतको माइलेनिय च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको खारेजीको माग बिगतमा पनि पटक पटक जोडदाररुपमा गर्दै आइरहेका हुन् ।

   अहिले जन स्तरमा पनि त्यसको खारेजीको माग गर्दै बिरोध भइरहेको बेला कम्युनिष्ट नाम गरेको पार्टीका ठूलो बहुमतको  सरकारको नीति र कार्यक्रममा तथा बजेट बक्तब्यमा समेत त्यसलाई घुमाउरो पारामा पस्तुत गर्न सरकार उद्यय देखिएकोले यो षडयन्त्रमूलक गतिबिधिले नेपालको स्वाधीनता, सार्वभौमिक अखण्डता र स्वतन्त्र असंलग्न परराष्ट्र नीतिमा नै गम्भीर आँच आउने र नेपाल अमेरिकाको सैन्य अखडा बन्ने खतरा रहेको औंल्याउँदै त्यसको तत्काल खारेजीका लागि आज पुनः १० कम्युनिष्ट तथा बामपन्थी दलहरुले संयुक्त बक्तब्य दिएका छन् ।

बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :
  १. हामी तलका राजनीतिक पार्टीहरूले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा बृहत्तर राष्ट्रिय हितका विरुद्ध भएको ठहर गर्दै त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

  २. एमसीसी अमेरिकाको इण्डोप्यासिफिक रणनीति अन्तरगतको कार्यक्रम हो । त्यो कुरालाई स्वयं अमेरिकाका विभिन्न सुरक्षा निकाय, मन्त्री तथा काठमाडौँ स्थित अमेरिकी दुतावासले पनि सार्वजनिक रूपमा नै स्वीकार गरिसकेका छन् ।

  ३. त्यो अवस्थामा उक्त एमसीसी इण्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम होइन भन्ने नेपाल सरकारको दावी निराधार र हास्यास्पद छ ।

  ४. एमसीसीको उद्देश्य हिन्द प्रसान्त क्षेत्रका सबै देशहरूलाई आफ्नो सैन्य रणनीतिका पक्षमा लैजाने र चीनका विरुद्धको मोर्चावन्दीमा ती सबै देशहरूलाई सामेल गर्ने हो ।

  ५. उक्त एमसीसी पारित भएमा त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्नुका साथै नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र हाम्रो देश अमेरिकाको सैन्य रणनीतिको अङ्ग बन्न पुग्ने छ ।

  ६. त्यसरी एमसीसीले नेपाललाई अमेरिकाको सैन्य अखडामा बदल्न सक्नेछ ।

  ७. त्यसैले हामीले एमसीसीको कडा विरोध गर्दै त्यसलाई खारेज गर्नका लागि माग गर्दछौँ र जनतासित त्यसका विरुद्ध देशव्यापी रूपमा आवाज उठाउन अपील गर्दछौँ ।   संयुक्त बक्तब्यमा तल उल्लिखित दलहरुले हस्ताक्षर गरेका छन् :    

१. मोहनविक्रम सिंह, महामन्त्री, ने.क.पा. (मसाल)

२. मोहन बैद्य (किरण), महासचिव, ने.क.पा. (क्रान्तिकारी–माओवादी)

३. सीपी मैनाली, महासचिव, ने.क.पा. (माले)

४. चित्रबहादुर के.सी., अध्यक्ष, राष्ट्रिय जनमोर्चा

५. सी.पी. गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा

६. लोकनारायण सुवेदी, सहसंयोजक, नेपाल कम्युनिष्ट पार्टी

७. गोपाल किराती, अध्यक्ष, ने.क.पा. (माओवादी केन्द्र)

८. सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल

. साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद, नेपाल

१०. केदारचन्द्र शर्मा, महासचिव, नेकपा (संयुक्त)    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif