Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

आयसा गल्र्स कलेजलाई बनाइयो कोरोना आइसोलेशन सेण्टर


२०७७ जेष्ठ १९ गते , सोमवार प्रकाशित

  शहबाज खा

   खानर,कपिलबस्तु । कृष्णनगर नगरपालिकाले  आयसा गर्ल्स कालेजलाई कोरोना आइसोलेसन सेन्टर बनाएको छ।  नगरपालिका भित्र कोरोना संकरमित बढ्न थालेपछि स्थानिय मुस्लिम अगुवासंग को समन्वयमा केटीहरुले पढ्ने आयसा गर्ल्स कालेजलाई ३४ बेडको आइसोलेसन सेन्टर बनाइएको र आवस्यकता अनुसार अझै बेडको संख्या बढाउने कुरा  नगरप्रमुख रजतप्रताप शाहले बताएका छन ।     कोरोना संक्रमितलाई छुट्टाछुट्टै आवश्यक दैनिक उपभोग्य समान तथा प्रतिरक्षा प्रणाली मजबुत बनाउने औषधिका साथ वाइफाइ युक्त आइसोलेसन वार्ड व्यवस्थापन गरिएको स्वास्थ्य संयोजक अनिल विश्वकर्माले जानकारी गराएका छन् । अहिलेसम्म अधिकांश भारतका बिभिन्न सहरबाट आएका नेपालीहरुमा बढी संक्रमण देखिएको र उक्त आइसोलेशनमा अहिलेसम्म २५ जना कोरोना भाइरस संक्रमित लाई राखिएको संयोजक विश्वकर्माले बताए । 
    दुःखद घडी हो र कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउनको लागि नेपाल सरकारले दिएको निर्देशनको पालन गरौ हामी हर सम्भव नेपाली जनताको सुख दुःखमा सदैव उभिएका छौ र सकेसम्म आजको यो दुःुखद घडीमा अवश्यकता परेमा अझै पनि सहयोग दिने अल्पसंख्यक मुस्लिम समुदाय तैयार रहेको ५नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले प्रतिबद्धता जाहेर गरे ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif