Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

एडिबी–सरकार सम्झौताः महामारीसँग जुध्न ३० अर्ब सहुलियत ऋण


२०७७ जेष्ठ १९ गते , सोमवार प्रकाशित

कोरोना भाइरस महामारीका विरुद्ध उपयोग गर्न नेपाल सरकारलाई एसियाली विकास बैंक (एडिबी) ले करिब ३० अर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण दिएको छ ।  नेपाल सरकार र एडिबीबीच यस सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हो ।

‘कोभिड–१९ एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट’ कार्यक्रमअन्तर्गत नेपाललाई ऋण दिने बारेमा बैंकको बोर्डले हालै स्वीकृत गरेको थियो । 

अर्थमन्त्री डा. युवराज खतिवडाका उपस्थितमा अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र एडिबीका नेपालका लागि राष्ट्रिय निर्देशक मुख्तर खामुखानोवले सम्झौतामा हस्ताक्षर गरे ।

एडिबीबाट प्राप्त सहयोगले कोरोना महामारीको प्रभावलाई सम्बोधन गर्न घोषणा गरिएको सरकारको राहत कार्यक्रमलाई सहयोग पुर्‍याउने तथा यसले नेपाली स्वास्थ्य प्रणाली सबल पार्न, सामाजिक सुरक्षा प्रदान गर्न र थप रोजगारी सिर्जना गर्न मद्दत पुर्‍याउने अर्थसचिव ढुंगानाले व्यक्त बताए । 

एडिबीका नेपालका लागि राष्ट्रिय निर्देशक खामुखानोवले यो चुनौतीपूर्ण समयमा नेपाललाई सहयोग गर्न एडिबी पूर्ण प्रतिबद्ध छ भएको भन्दै महामारीविरुद्ध लड्न र नागरिकमा पर्ने प्रभावलाई कम गर्ने कार्यक्रमको कार्यान्वयन गर्न सरकारसँग मिलेर काम गर्ने बताए ।

यो ऋण सहायताबाट सरकारले परीक्षण प्रयोगशालाहरू बढाउन, सबै प्रदेशमा क्वारेन्टिन सुविधा स्थापना, संक्रामक रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि गुणस्तरीय स्वास्थ्य सेवाको सवलीकरण, सुसज्जित अस्पताल, औषधि तथा उपकरणहरूको आपूर्ति, योग्य डाक्टर र स्वास्थ्यकर्मीहरूसहित स्वास्थ्य पूर्वाधारको विकास गरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न सहयोग पुर्‍याउने अर्थमन्त्रालयले जनाएको छ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif