Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

जुम मार्फत भक्तपुर बचत संघको अन्तरऋिया


२०७७ जेष्ठ १९ गते , सोमवार प्रकाशित

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिको आयोजनामा जुममार्फत हिजो महामारीको अवस्थामा सहकारीको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संयोजन संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले गरेका थिए । हालको अवस्थामा संघको तालिम शिक्षा तथा सूचनाको निरन्तरताको लागि जुम प्रविधिमार्फत सुसूचित गर्ने उद्देश्यले कार्यक्रम राखिएको उनले  बताए।

  संघका व्यवस्थापक बालकृष्ण धोजुले महामारीको अवस्थामा सहकारीको भुमिका बारे प्रस्तुतीकरण गर्दै सहकारी व्यवसाय संकटको बेला सशक्त हुने कुरा मा जोड दिए ।  महामारीले सहकारी व्यवसायलाई पारेको असर, सहकारी निकाय र अभियानले यस विषम परिस्थितिमा खेलेको भुमिका, आगामी दिनमा सहकारी, कर्मचारी, सदस्य तथा नियमनकारी निकायले खेल्नुपर्ने भुमिका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै जारी बजेटमा सहकारीका लागि भएको व्यवस्थाबारेमा पनि प्रस्तुतीमा उनले समावेश गरेका थिए ।

  कार्यक्रमका टिप्पणीकर्ता नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले प्रस्तुतीकरणको विषयमा टिप्पणी गर्दै विषय बस्तु भेग भएपनि कार्यक्रमले संस्थाले सामना गरिरहेका विषय बस्तु उत्थान गर्न सफल भएकोमा धन्यवाद दिदै आगामी दिनमा एउटा एउटा विषयमा शुक्ष्म ढंगबाट विश्लेषण गर्दै जानुपर्ने सुझाब राखे ।अन्र्तक्रिया कार्यक्रममा ६१ जनाको सहभागिता रहेको थियो ।


कार्यक्रममा उठेको जिज्ञासा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले, व्यवस्थापक बालकृष्ण धोजुले सहजिकरण गरेका थिए । ब्राण्ड प्राप्त सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि।का व्यवस्थापक एंव संघका संस्थापक अध्यक्ष राजेन्द दुमरु र बाराही बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले असल अभ्यासका अनुभव बताए । सहभागीहरुले हालको परिस्थितिमा ऋण लगानी, ऋण असुली र व्याज उठाउने विषयमा चिन्ता व्यक्त गरेका थिए । साथै कर्मचारीहरुको सेवा सुविधालाई कसरी व्यवस्थापन गर्ने विषयमा पनि चिन्तन गरेको पाइयो ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif