Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

लकडाउन जेष्ठ ३२ गतेसम्म लम्ब्यायो सरकारले


२०७७ जेष्ठ १७ गते , शनिवार प्रकाशित

  मन्त्रिपरिषदको आज बसेको  बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ ।प ्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार साँझ  बसेको बैठकले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने पनि निर्णय गरेको छ  ।         यसैगरी, विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको र  विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको बताइएको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।  
नेपाल सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । सरकारले लकडाउनको उपयोग ब्यापक जनताको हितमा युद्ध स्तरमा गर्नुपर्ने जानकारहरु औंल्याउँदछन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif