Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

बजेट बारे अखिल नेपाल किसान यूनियनको प्रतिकृया


२०७७ जेष्ठ १७ गते , शनिवार प्रकाशित

  बिश्वब्यापी कोरोना भाइरसको महामारी देशको आधारभूत उत्पादक जीवनदायिनी शक्ति किसान बर्गको उत्थान प्रगतिका निमित्त जस्तो नीति, कार्यक्रम बजेट प्रस्तुत गरिनु पर्दथ्यो बर्तमान सत्ता सरकारले त्यस्तो नीति बजेट दिन सक्तैन भन्ने कुरा फेरि पनि प्रष्ट भएको .कृषि उत्पादन ब्यवसायमा आएको ठूलो ह्रास, कृषिजन्य उद्योगहरु ठप्प भएको स्थिति अभूतपूर्बरुपमा बढ्दो  बेरोजगारी खाशगरी, कोभिड१९ बिश्वब्यापी महामारीले  स्वास्थ्य अर्थतन्त्रमा सर्बत्र पारेको गम्भीर नकारात्मक प्रभावको परिप्रेक्षमा जस्तो किसिमको कृषि, किसान भूमि नीति त्यसको लागि पर्याप्त बजेट तर्जुमा गरिनु पर्दथ्यो यो बजेटले मूलभूतरुपमा त्यसो गर्न सकेको छैन .सामान्य अबस्थामा गरिने सामान्य सुधारका कार्यक्रमहरुले अहिलेका ज्वलन्त समस्याहरुको समाधान गर्न  किसान बर्गमा उत्साह ऊर्जा प्रदान गर्न सक्तैन भन्ने कुरा सरकारले ख्याल गरेको यो बजेटले देखाउन सकेको छ्रैन .जबसम्म देशमा सामन्ती भूस्वामित्व असमान जमिन बितरणको समस्यालाई हल गर्ने बैज्ञानिक क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगिकरण आम बिद्यूतिकरणको आधारभूत राष्ट्रिय महत्व कुरालाई एउटै प्याकेजकोरुपमा ल्याएर तिनलाई एक अर्काको परिपूरककोरुपमा प्रयुक्त सञ्चालन गरेर कृषि किसानको उत्पादन उत्पादकत्व ब्यापकरुपमा बढाउने कार्यक्रम, नीति बजेटको तर्जुमा गरिदैन तबसम्म सतही किसिमले कृषि किसानको प्रगति तथा आत्मनिर्भर राष्ट्रिय बिकासको आधार तयार हुदैन .यथास्थितिबादी सामान्य सुधारका रंगीचंगी कुराले  पर निर्भरताको पासोबाट देशको अर्थतन्त्र, राजनीति सँस्कृति पनि मुक्त हुन सक्तैन फलतः किसानको उन्नति राष्ट्रिय स्वाधीनता तथा सार्बभौमिक अखण्डतालाई पनि सही अर्थमा जोगाउन सुदृढ तुल्याउन पनि सकिदैन भन्ने कुरा अखिल नेपाल किसान यूनियन प्रष्टरुपमा औंल्याउन चाहन्छ .अन्ततः जे जति सुधारका नीति बजेट प्रस्तुत गरिएको त्यो पनि बिगतका अनुभवहरुलाई हेर्दा निष्पक्ष किसिमले बिनाकुनै झण्झट बास्तबिक किसानले पाउन सक्ने कुरामा बिश्वास गर्न दिदैन यस बारेमा सरोकारवाला सबैले खबरदारी आन्दोलन चलाउनु पर्ने कुरा निरन्तर रहनु पर्दछ भन्ने अखिल नेपाल किासन यूनियन ठान्दछ लोकनारायण सुबेदी अध्यक्ष अखिल नेपाल किसान यूनियन १७ जेष्ठ २०७७

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif