Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

सगरमाथको सार्थक र प्रभावकारी सुरक्षा होस् !


२०७७ जेष्ठ १७ गते , शनिवार प्रकाशित

 
हरेक बर्ष मे २९ तारिखका दिन हामी सगरमाथालाई सम्झने गछौं । किनकि त्यसै दिन तेञ्जिङ्ग शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक यो सर्बोच्च शीखरमा पाइला टेकेर बिश्वमा नयाँ इतिहासको रचना गरेका थिए ।१९५३ मई २९तारिखयता त बिश्वका बिभिन्न देशका ६,५०१ पर्बतारोहीहरुले यसको सफल आरोण गरिसकेका छन् । त्यसैले बिश्वकै सर्बोच्च टाकुरा यो सगरमाथाको हरतरहले संरक्षण गरेर यसको बिश्व आकर्षणलाई बचाइराख्नु अत्याबश्यक छ । तर यो बर्ष हामीले सगरमाथलाई बिगतमा जस्तो क्रियाशील सम्झना गर्न पाएनौ कोरोना भाइरसको कारणले गर्दा । यद्यपि एउटा कुरा भने प्रष्ट भएको छ धुलो धुवाँ र पर्यटकीय फोहोर महिलाले गर्दा प्रदुषित यो सगरमाथा यस पटक कोरोनाका कारणले स्वच्छ देखिएको छ । प्रकृतिले आफै स्वच्छ बनाइदिएको छ । यो स्वच्छता कायम राख्न आबश्यक सबै उपायहरु गरिनु पर्दछ ।

बिगतमा पनि यसलाई स्वच्छ र सुरक्षित राख्ने चर्चा बेला बेलामा चले चलाइए पनि त्यसका लागि पर्याप्त ध्यान नपुगेको या नदिएको पर्यटकहरुलाई बाटो देखाउन हिमाल चढ्ने शेर्पा गाइडहरुले बताउने गर्दै आएका हुन् । यो हाम्रो प्रकृति प्रदत्त अनुपम पर्यटकीय श्रोतप्रति कुनै लापरबाही र हेलचेक्रयाइ गरेर यसको प्राकृतिक मौलिक सुन्दरतालाई बिगार्ने काम बिल्कुलनै नहोस् । सरकार, पर्यटन मन्त्रालय र सम्बद्ध सबै सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण होस् र सगरमाथको सार्थक सुरक्षा होस्

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif