Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

श्रीनगर साँस्कृतिक डबली निर्माण पुनः सुचारु


२०७७ जेष्ठ १६ गते , शुक्रवार प्रकाशित

हरी जिसी, पाल्पा 

लकडाउनका कारण प्रभावित भएको पाल्पाको श्रीनगर साँस्कृतिक डबली निर्माणको काम अहिले भने पुनः सुरुवात गरिएको छ । 

प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ अघि बढाएको साँस्कृतिक डबली निर्माणको कामलाइ लकडाउनको समय थपिँदै गएसँगै सामाजिक दुरी कायम गरेर पुनः सुरुवात गरिएको छ । 

प्रदेश नम्बर ५ सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा पाल्पाको तानसेनमा सुरु भएको श्रीनगर साँस्कृतिक डबली निर्माणको काम अहिले भने सजगता अपनाएर धमाधम अघि बढाइएको हो । 

श्रीनगर साँस्कृतिक डबलीको प्रतिष्ठा कन्टक्सन प्रा.लि. काठमाडौंले ६ करोड ८२ लाख ५६ हजारमा निर्माणको ठेक्का लिई २०७८ असार ७ गतेभित्र निर्माण सम्पन्न गरि प्रदेशलाई बुझाउने गरी सम्झौता गरिएको प्रदेश सांसद पुरनमान बज्राचार्यले जानकारी दिए । 

सुरुका दिनमा २५ जना भन्दा बढी कामदारले निर्माणको काम गरेको भएपनि लकडाउनका कारण सीमित कामदारहरुले मात्र सामाजिक दुरी कायम राखेर निर्माणको कार्य गर्दै आएका छन् । जिल्ला भन्दा बाहिरबाट आएका कामदारलाई लकडाउनका कारण काम रोकिएपछि समस्या भएकोमा अहिले भने पुनः निर्माण सुचारु हुँदा दैनिकी चलाउन सहज भएको साइटमा कार्यरत मजदुर दिपक बहादुर पालले बताए । 

हालसम्म डबलीको करिब ४० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भएको र असार मसान्तसम्ममा ६० प्रतिशत काम सक्ने निर्माण कम्पनीले जनाएको छ । सीमित अवधिमा काम सक्नु पर्ने हुँदा लकडाउनको प्रभाव नगरी कामलाई तीब्र गतिमा गरिरहेको निर्माण कम्पनीका ईन्जिनियर समीर मल्ल बताउँछन् ।

जिल्लाको पर्यटकिय क्षेत्रको रुपमा रहेको श्रीनगर साँस्कृतिक डबलीको निर्माण सम्पन्न भएपछि यो पर्यटकीय नगरी  तानसेनको एउटा आकर्षण बन्ने र यसबाट पाल्पाको पर्यटन विकासमा सघाउ पुग्ने पाल्पावासीको अपेक्षा रहेको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif