Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

सहकारीमार्फत ३ अर्ब ६० करोड सहुलियत ऋण परिचालन गरिने


२०७७ जेष्ठ १६ गते , शुक्रवार प्रकाशित

सरकारले सहकारी क्षेत्रलाई तीन अर्ब ६० करोड रुपैयाँ ऋण दिने भएको छ । बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सहकारीहरूमा यस्तो ऋण लगानी गर्ने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै तीन अर्ब ६० करोड रुपैयाँ सहकारी क्षेत्रलाई ऋण दिने जानकारी दिए । यसरी लगानी गरिएको ऋणबाट सहकारीले बेरोजगार युवालाई स्वरोजगार बन्न लगानी गरिने बताए ।

अर्थमन्त्री खतिवडाले बचत तथा ऋण सहकारी संस्थालाई एक अर्कामा गाभिन प्रेरित गरिनेसमेत जनाए। साथै, आगामी आर्थिक वर्षमा सहकारी कर्जा सूचना केन्द्रको स्थापना गरिने बजेट वक्तव्यका क्रममा अर्थमन्त्री खतिवडाले उल्लेख गरे।

साथै, सहकारीमा प्रविधिको प्रयोग गरी नगदरहित कारोबारका लागि पनि प्रोत्साहन गरिने उनले जानकारी दिए । 

साना उद्यमको प्रवर्द्धन तथा गरिबी निवारणमा प्रोत्साहन गरिने अर्थमन्त्री खतिवडाले बताए । सहकारी पसललाई हरेक प्रदेशमा स्थापना गरिने र बेरोजगार युवालाई सहकारीबाट कर्जा लिएर उद्यमशील, स्वरोजगार बन्न प्रोत्साहन गरिने उनले बताए ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif