Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

हसिना भास्तिपुर साकोसको वार्षिकोत्सवमा कोरोना बीमा


२०७७ जेष्ठ १५ गते , विहीवार प्रकाशित

चन्दागिरी नगरपालिकाको बलम्बुमा रहेको हसिना भास्तिपुर सहकारीले कोरोना बीमा गर्ने सदस्यलाई छुट दिने भएको छ ।

संस्थाको एघारौं वार्षिकोत्सवको अवसरमा संस्थाले सदस्यहरुको कोरोना बीमा गराउन शुरु गरेको हो । संस्थाका सदस्यले न्यूनतम ५० हजार रुपैया र अधिकतम एक लाख रुपैयासम्मको कोरोना बीमा गराउन सक्नेछन् । जसको बीमा शुल्क ३०० र ५०० रुपैया रहेको छ । संस्थाले आगामी जेष्ठ २० गतेसम्मका लागि बीमा प्रिमियममा १० प्रतिशत छुट दिने भएको हो । 

“आगामी २० गतेभित्र पहिले नाम दर्ता गर्न आउने ५०० जनाले छुट पाउनेछन्, त्यसपछि बीमा गराउन चाहनेले भने निर्धारित शुल्क नै तिर्नुपर्ने छ ।” संस्थाका प्रबन्ध सञ्चालक सम्पुर्ण महर्जनले भने । 

३ महिना देखि ९९ वर्ष सम्मका व्यक्तिले कोरोना बीमा गराउन सक्नेछन् । कोरोना बीमा गराएको १५ दिन भित्रमा कोरोना संक्रमणको पुष्टि भएमा भने दावी भुक्तानी नपाइने व्यवस्था रहेको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif