Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

सन् २०२० भर आइसीएका सबै बैठक अनलाइनमार्फत


२०७७ जेष्ठ १४ गते , बुधवार प्रकाशित

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) का सन् २०२० भर सबै बैठकहरु अनलाइनमार्फत हुने भएका छन् । मे २५ र २६ बसेको आइसीएको ग्लोबल बोर्ड मिटिङमा आइसीएको ग्लोबल बोर्ड मिटिङ बैठकमा नेपालबाट राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले भर्चुअल सहभागिता जनाएकी हुन् । 

उनका अनुसार बैठकले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण उत्पन्न विषम परिस्थितिका कारण २०२० मा बस्ने आइसीएका सबै बैठकहरु अनलाइनमार्फत मात्र हुने निर्णय गरेको छ । 

त्यसैगरी बैठकले प्रत्येक महिना अनलाइन बोर्ड बैठक बस्ने समेत निर्णय गरेको महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य मल्लले जानकारी गराइन्। आइसीएको बोर्ड बैठक प्रत्येक तीनतीन महिनामा बस्ने गथ्र्यो ।



बैठकले ब्रसेल्समा २०२० को १० र ११ जनवरीमा बसेको बैठकको च्याम्बर सेसनले डाइरेक्टर जर्नरलको म्याद थप नगर्ने विषयमा गरेको निर्णयलाई उल्टाउँदै कोभिड १९को जटिल परिस्थिति र २०२१ को १ र २ मार्चमा दक्षिण कोरियाको सियोलमा हुने कंग्रेसको तयारीलाई मध्यनजर गरेर डाइरेक्टर जर्नरललाई नयाँ सम्झौता गरेर जिम्मेवारी दिन प्रेसिडेन्टर कमिटीलाई जिम्मेवारी दिएको छ । 

बैठकले वित्तिय प्रतिवेदन समेत पास गरेको छ भने कोभिड १९ को महामारीका कारण अतिआवश्यक बाहेका कार्यक्रम रद्द गरि बजेट समेत पास गरेको छ । कोभिड १९ का कारण ३३ औं विश्व सहकारी महासम्मेलनका लागि २४ लाख ५८ हजार ८ सय ७८ लाख युरो खर्च हुने भएको र कोरियाको सहकारीले करिब ४२ प्रतिशत रकम (१० लाख ४१ हजार २ सय ६०युरो० व्यहोर्ने भएको) आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले जानकारी दिइन् । 

यस अघि ३३ औं विश्व सहकारी महासम्मेलन २०२० को डिसेम्बरमा गर्ने तालिका थियो । कोभिड १९ को विश्वव्यापी महामारीका कारण कंग्रेसको नयाँ मिति तय गरिएको हो । सो कंग्रेसकै पुर्वसन्ध्यामा दुईवटा अन्य कन्फ्रेन्स हुने भएको छ । २०२१ को फ्रेबेओरी २६ देखि २८ तारिकका बिचमा आईसीए कोअपरेटिभ रिसर्च कन्फ्रेन्स र इन्टरनेशनल कोअपरेटिभी ल फोरम हुने भएको हो । हाम्रो सहकारीको पहिचानलाई मजबुद बनाउँ भन्ने नाराका साथ विश्व सहकारी कंग्रेस हुन लागेको हो । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif