Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

कोरोना संक्रमण ५००० पुग्ने अनुमान गर्दै स्वास्थ्य सामाग्री किनिने


२०७७ जेष्ठ १३ गते , मंगलवार प्रकाशित

  बढ्दो कोरोना संक्रमणसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५,००० सम्म पुग्ने नयाँ अनुमान गर्दै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइन थालेको र बोलपत्र अघि बढाइएको बताइएको छ ।
  यस सम्वन्धमा कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको थाहा भएको छ ।   नेपालमा अहिलेसम्म ५०,००० भन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।  अहिले हजारौँ नेपाली भारतबाट स्वदेश फर्कने क्रम जारी रहेसँगै सरकारसँग  उपलब्ध सामग्रीले थप ५०,००० वटा नमुनाको मात्र परीक्षण गर्न सकिने स्थिति रहेकोले थप सामाग्री किन्नु पर्ने भएको बताइन्छ ।      सरकारले यसभन्दा पहिला नेपालमा झन्डै १,५०० मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिन सक्ने अनुमान गर्दै त्यसैअनुसार परीक्षण किट लगायतका स्वास्थ्य सामग्रीको जोहो गरेको तर तर अब भारतबाट नेपालीहरु घर फर्किने क्रम बढेपछि दिनको ७०० को हाराहारीमा भित्रिन थालेपछि थप सभ्भाबित संक्रमणको प्रक्षेपण गरिएको छ । नेपालमा अहिलेसम्म फेला परेका धेरै सङ्क्रमितहरू भारतबाट फर्किएका हुन् र उनीहरू सीमावर्ती जिल्लाहरुमा छन्।    प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हजारौँ मानिसहरू अहिले नै क्वारन्टीनमा छज् र भारतबाट हजारौँको सङ्ख्यामा नेपालीहरू फर्किएका र अझै हजारौँ जना फर्किने क्रममा रहेका बेला यो प्रक्षेपण गरिएको नयाँ प्रक्षेपण गरिएको देखिन्छ ।

जनसंख्याबिद्को तथ्यांक अलिक भिन्नै 

तर जनसंख्याबिद् डा पुष्पकमल सुबेदीले भने कोरोना संक्रमण हुने भिन्न तथ्यांक प्रस्तुत गरेका छन् । डा.सुबेदीका अनुसार हालसम्म प्राप्त तथ्यांकका आधारमा सामान्यरुपमा बिश्लेषण गर्ने हो भने ब्राजिलको लगभग आधा प्रतिशत (४९.५) जनसंख्या कोरोन संक्रमित देखिन्छ । उत्तर अमेरिकाको मेक्सिकोको कूल परीक्षण भएको जनसंख्याको ३०.५ र संयुक्त राज्य अमेरिकामा ११.४ प्रतिशत संख्या संक्रमित भएको पाइन्छ । त्यस्तै दक्षिण एशियको कूल परीक्षण भएको जनसंख्याको बंगलादेशमा १३.८, पाकिस्तानमा ११.५ भारतमा ४.७ र नेपालमा ०.४ प्रतिशत कोरोना संक्रमित छन् ।

  सुबेदी भन्छन् – ‘नेपालको दक्षिण सीमिासँग जोडिएका भारतको उत्तरप्रदेश र बिहारको जनसंख्या ३० करोड छ । यही अबस्थामा लकडाउन बिस्तारै खुकुलो हुँदैछ र यसको खोप आउन सक्ने सम्भावना ६ महिना मानिएमा र यो समयभित्र सम्पूर्ण जनसंख्यामा परीक्षण गरिएमा संक्रमित संख्या भारता ६ करोड ५० लाख पुग्न सक्छ, उत्तर प्रदेश र बिहारमा १ रोड ५० लाख र नेपालमा १ लाख २७ हजार जति संक्रमित हुन अनुमान गर्न सकिन्छ’ ।
     उनका अनुसार नेपालको कूल संक्रमितको ५० प्रतिशत तराई क्षेत्रमा हुनसक्ने र शहरबाजार र खाशगरी काठमाण्डौ राजधानी यसको ठूलो चपेटामा पर्ने आकलन गर्न सकिन्छ । उनले भनेका छन् कि कारोनाबाट सम्पूर्णरुपमा मुक्त कहिल्यै हुन सकिदैन । यसलाई क्षयरोग, निमोनिया आदि जस्तै रोग मानेर  बिश्व स्वास्थ्य संगठनले दिएको निर्देशनलाई पालन गर्दै कोरोना संक्रमणलाई न्यून तुल्याउन सकिन्छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif