Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

कृष्णनगर १० मा २३ जनामा आरडीटी पोजेटिभ देखियो


२०७७ जेष्ठ ११ गते , आईतवार प्रकाशित

भोला गुप्ता
   
कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आरडीटी परिक्षण गर्दा २३ जनामा पोजेटिभ देखिएको छ । नगरपालिकाको वडा नं. १० मा रहेको नेत्रज्योति माध्यमिक विद्यालय सौनहवाको क्वारेन्टाइनमा बसेका ७१ जना मध्ये २३ जनामा हिजो शनिवार आरडीटी पोजेटिभ देखिएको वडा १० स्वास्थ्य चौकीका इन्चार्ज नन्द गोपाल बढईले जानकारी दिएको हो ।    

सबै पोजेटिभ देखिएका नागरिकहरु भारतको विभिन्न ठउँबाट केही दिन अघि नेपाल आएका थिए । भारतको सीमासँग जोडिएको क्षेत्र रहेकोले उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । आरडिटी पोजेटिभ आएका नागरिहरुको आज  आइतवार पिसीआर गर्ने तयारी रहेको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल कुमार विश्वकर्माले बताएका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif