Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

गुल्मी मदानेका १ जनासहित प्रदेश ५ मा ७ जनामा कोरोना पोजिटिभ, संक्रमितको संख्या ५ सय ९१ पुग्यो


२०७७ जेष्ठ १० गते , शनिवार प्रकाशित


    — सीताराम थापा    नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।
  प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश(५ मा ७ जना संक्रमित थपिएका हुन् ।

  प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुमा ३ र गुल्मी मदाने गाउँपालिकाका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । । गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट टेसिङमा भेटिएका हुन् । ती संक्रमित यसअघि कहीँ कतै नगएको बताइएको छ । सरकारबाट थप पुष्टि हुन बाँकी छ ।      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif