Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

बिश्व स्वास्थ्य संगठन किन तानियो बिबादमा ?


२०७७ जेष्ठ १० गते , शनिवार प्रकाशित

         कोरोना महामारीसँग लडिरहेको बिश्व स्वास्थ्य संगठन आज बिबादको घेरामा परेको छ । खाशगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यो बिश्व संस्थाका गतिबिधिका बारेमा प्रश्न उठाए पछि यो बिबादमा तानिएको हो । अब बिश्व स्वास्थ्य संगठनले पनि आफ्mुमाथि बिबादको छानबिन होस् भन्ने कुरा स्वीकार गरेर यो बिबाद तथ्य परक या अनर्गल के  हो प्रष्ट हुन चाहेको देखिन्छ ।   बिश्व स्वास्थ्य संगठनका सदस्य देशहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ३० दिन भित्र संगठनको रबैयामा उल्लेखनीय सुधार  ल्याउने चेतावनीलाई भिन्न किसिमले कुनै थप आरोप त लाउन सकेनन् तर कोरोना भाइरसबाट उत्पन्न महामारीलाई लिएर ‘ग्लोबल रेस्पोन्स’ र संगठनको भूमिकाको छानबिनको प्रताब भने स्वीकार गरिसकेका छन् । संगठनको एउटा टेली–बैठक चलिरहेका बेलमा नै ट्रम्पले डब्लुएचओका महानिर्देशक टेड्रोस घेब्रेएससकोे नाममा लेखिएको एउटा चार पन्ना लामो एउटा धम्कीपूर्ण पत्र जारी गरिदिए जसमा भनिएको छ कि संगठनले आउदो एक महिनामा चीनमाथिको आफ्नो निर्भरतालाई समाप्त पारेर स्वतन्त्र बाटो लिन ठोस संकेत देओस् अन्यथा केवल यस संगठनलाई दिदै आएको सहयोग रकम रोक्ने अस्थाई फैसलालाई स्थाई गरिने मात्रै होइन त्यो संस्थाको सदस्यता पनि छोडिने छ ।

  यद्यपि यतिबेला कोही पनि यो चर्कदो बिबादको  कुनै सही र परिणाममुखी निष्र्कशमा नपुगे यस बिषयलाई  मिहीन किसिमले खोजियो र हेरियो भने यस  सम्पूर्ण प्रकरणमा मूख्यतः तीनवटा कुरा सामुमा आउँदछन् । पहिलो कुरा हो – के कोरोना महामारीको प्रश्न, यसको उपचार र रोकथामसँग सम्वन्धित कुनै ठूलो प्रश्न यस छानबिनको नतिजामाथि निर्भर गर्दछ ? अर्थात् के कुनै जरुरी सूचना प्राप्त गर्न नपाउँदा यस महामारीको औषधी या खोपको टीका बनाउने काम अल्झिएको या अट्किएको छ ? यसो भएको हो भने अरु बाँकी कुरा एकातिर पञ्छाएर पनि सबै आबश्यक सूचनाहरु सार्वजनिक गर्ने पहिलो प्राथमिता हुनु पर्दछ ।    अर्को प्रश्न के छ भने कोरोना भाइरसको उत्पत्ति, त्यो मानब शरीरमा प्रबेश गर्ने र संक्रमण फैलिने कुरालाई लिएर सूचनाहरु जस्तो प्रकारले आए र तिनकै आधारमा त्यसै अनुरुप जुन कारबाहीहरुको संरचना तय गरियो त्यसमा चीन सरकार र बिश्व स्वास्थ्य संगठनको स्तरमा के कुनै किसिमको लापरबाही भएको थियो, या कुनै त्यस सम्वन्धि महत्वपूर्ण सूचना लुकाउने छिपाउने सचेत प्रयास भए गरिएको थियो ? अझ थप यो कुरा पनि कि यदि त्यसो भएको थियो भने त्यसको पछाडि कुनै खाश उदेश्य थियो ? अनि तेश्रो महत्वपूर्ण प्रश्न दुष्टतापूर्ण इरादासँग जोडिएको छ । कुरा के भने के कुनै सरकारी प्रयोगशालमा एउटा बिशेष रणनीति अन्तरगत कोरोना भाइरस बनाइएको र छोडेको हो ? जुन कुरा षडयन्त्रशास्त्रीहरुले भन्ने र लेख्ने गर्दछन् र गरिरहेका छन् । यो कुरा स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक दोहोराउने गर्दै आएका छन् ! यता बैज्ञानिकहरुले भने बिभिन्न मञ्चहरुमा यो भाइरस मानब निर्मित नभएको कुरा पनि पटक पटक भनिसकेका छन् । तर पनि यस बारे कुरा उठ्न नछाडेपछि यस बारेमा स्वतन्त्र, पारदर्शी र बिश्वसनीय छानबिन नै कुनै पनि स्पष्ट निष्कर्शमा पुग्ने एउटा मात्र बिकल्प हुन्छ नै !    हुन त बिश्वमा यस प्रकारका महामारीहरु हरेक शताब्दीमा एक दुइ पटक आउने गरेको पाइन्छ । ती सबैलाई अहिलेसम्म एक थरीले इश्वरीय र अर्कोथरी प्राकृतिक कोपको रुपमा नै लिने गर्दै आएका हुन् । मानिसकै भूमिकामा यस्ता महामारी उत्पन्न गर्ने र फैलाउने कुरा भने आज एउटा नयाँ प्रश्न बनाइएको छ । यसलाई लिएर उठेको यस्तो प्रश्नमा केही तथ्य छ कि केवल गलत राजनीतिको माध्यम मात्र यसलाई बनाउन खोजिएको हो भन्ने कुरा छानबिनले प्रष्ट पार्दछ र पार्नु पर्दछ । यस सम्वन्धमा के पनि सम्झनु पर्दछ र बिर्सनु हुँदैन भने जैबिक तथा बिशालु हतियारहरुको बिकास र भण्डारणमा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सन्धि(बायोलोकिल एण्ड टक्सिन विपन्स कन्भेन्सन) १९७५ मा नै भइसकेको हो । यद्यपि अहिलेसम्म त्यो कन्भेन्सन एउटा कागजी कुरा मात्रै हुँदै आएको छ । यो सन्धिको जे उदेश्य हो त्यसको परिपालना गर्ने गराउने बिश्व संरचना पनि आजको परिप्रेक्षमा खडा भयो भने बिश्वका लागि त्यो राम्रै कुरा पनि हुन जानेछ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif