Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

३२ जना संक्रमित थपिए, देशभरको संक्रमितको संख्या ५४८


२०७७ जेष्ठ १० गते , शनिवार प्रकाशित

सीताराम थापा

आज  शनिबार विहान मात्र थप ३२ जना कोरोना संक्रमित थपिएका छन ।

 
सर्लाही, बारा, चितवन, काठमाडौं, रुपन्देही, कपिलवस्तुमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएका परीक्षणमा सर्लाहीको गोडैता कविलासी नगरपालिकामा सबैभन्दा धेरै १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना र बाराको करैयामाई गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

यस्तै, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका आठ जनामा संक्रमण पुष्टि भएको हो।  

भरतपुर अस्पता
को कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नं. ६ का १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

भरतपुर ६ मा शुक्रबार मात्र दुई जना बृद्ध दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।यससँगै कोरोना संक्रमितको संख्या नेपालमा ५ सय ४८ पुगेको छ । सरकार कोभिड नियन्त्रण  आवागमन र परीक्षण लगायतका कार्यहरु अझ द्रूत गतिमा गर्नु पर्ने बिज्ञहरु बताउछन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif