Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

मुलुकभर संक्रमितको संख्या ५०० नाघ्यो


२०७७ जेष्ठ ९ गते , शुक्रवार प्रकाशित

मुलुकमा कोरोनाभाइरस पुष्टि हुने व्यक्तिको सङ्ख्या ५०७ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट थप २० व्यक्तिमा कोभिड–१९ संक्रमणको पुष्टि भएको बताए। 

मन्त्रालयका अनुसार डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ। जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।


बाँकेमा १४ जना संक्रमित थपिएका छन्। उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरू छन् । उनीहरूमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । मोरङको रतुवामाई–२ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

बाँकेमा २१ जना कोभिड–१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। अब निको हुनेको सङ्ख्या ७० पुगेको छ। विगत २४ घण्टामा देशभरि ३,८१९ वटा परीक्षण गरिएको  प्रवक्ता देवकोटाले बताए। 

अहिलेसम्म सबै प्रदेश र ४० वटा जिल्लामा कोभिड–१९ भेटिएको छ। सङ्क्रमित हुनेमध्ये अधिक प्रदेश नं ५ र २ मा छन्। 

मन्त्रालयका अनुसार अहिले देशभरि २७,८२९ जना क्वारन्टीनमा र सङ्क्रमित तथा सम्भावित सङ्क्रमितसहित ४३३ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै रहेका छन्।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif