Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

भारतमा संयुक्त प्रदर्शनमा उत्रिए मजदुर यूनियन, सबै गिरफ्तार


२०७७ जेष्ठ ९ गते , शुक्रवार प्रकाशित


श्रम कानूनलाई पूर्णत मजदुरहरुको दमनकारी हतियारकारुपमा परिवर्तन गरिएको  र मजदुुरहरुलाई राहत शून्य बनाई शहरबाट गाउँतिर नियोेजितरुपले खेदेकोमा आक्रोश व्यक्त गर्दै भारतीय ट्रेड युनियन महासंघहरुले विरोध प्रदर्शन गरेका छन् । 

आज संयुक्तरुपमा देशव्यापी आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा दिल्ली राजघाटबाट सिटुका महासचिव तपन सेन, अध्यक्ष हेमलता, ए.सिन्धु,अमिताभ गुहा, सचिव अशोक सिंह, इन्टुकका विद्यासागर गिरी, एआईटियुसीका एचएस सिद्यु, एचएमएसका राजिव दिम्री,एआईटीयूसीका आरके पराशर, एआईयुटियुसीकी लता लगायत सेवाका मजदुर नेतृत्वलाई विरोध सभा गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ ।


लक डाउनलाई ब्यवस्थापन गर्दै माक्स लगाएर अन्यायपूर्ण कानुनका बिरोधमा उत्रिएका मजदुर नेता र मजदुर प्रतिनिधिहरुले उठाएको प्रश्न कसरी हल हुन्छ प्रश्न खडा भएको छ ।


 
यस अघि पनि लक डाउनको फाइदा उठाएर श्रमजीबी जनता बिरोधी कानुन ल्याएको र उनीहरुलाई अप्ठ्यारोमा पारको भन्दै त्यहाँका बाम तथा डेमोक्रेटिक पार्टी सीपीएम, सीपीआई, सीपीआई(एमएल)ं फर्वाड ब्लक, आरसीपी, राजद, बिसिके, एलजेडी आदि आठ  पार्टीका शीर्ष नेताहरुले बिरोध प्रकट गरेका थिए ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif