Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

सडक निर्माण गर्न दार्चुलाको बिकट क्षेत्र घाँटीबगर पुग्यो नेपाली सेना


२०७७ जेष्ठ ९ गते , शुक्रवार प्रकाशित

      दार्चुला । महाकारी करिडोर(दार्चुला–टिङ्गर सडक योजना) अनतरगतको उत्तर तर्फ रहेको बिकट क्षेत्रको ८७ किलोमिटर सडक खण्ड नेपाली सेनामार्फत गराउने सरकारी निर्णय अनुसार त्यहाँ सेना नेपाली सेना पुगेको छ । त्यहाँ एक सेक्सन प्लस सेना तैनाथ गरिएको छ ।   गत वैशाख १४ को मन्त्रिपरिषदको निर्णयअनुसार, त्यो सडक खण्डअन्तर्गत व्यास गाउँपालिका वडा नं २ स्थित घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि त्यहाँ आज सुरक्षा फौज तैनाथ गरिएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।     सडक  निर्माण कार्यका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली भने आज त्यहाँ गएको हो । चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गापा– १ मा पर्ने छाङरु र टिङ्कर गाउँका करिब १८२ घरपरिवारको करीब १२०० जना स्थानीयलाई सदरमुकाम खलङ्गा आवतजावतमा बाटो नभएका कारण बर्षौबर्षदेखि अप्ठ्यारो रहँदै आएको छ ।     त्यसमा पनि स्थानीय मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवतजावत गर्न झनै समस्या उत्पन्न भएको थियो । त्यसले गर्दा स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो नै प्रयोग गर्दै आएका थिए ।     यसैले घाँटीबगर र मौरी भिर इलाकामा पर्ने ४५० मिटर सडकखण्ड अविलम्ब सञ्चालन गर्न जिल्ला सुरक्षा समितिबाट निर्णय भएको थियो । सेनाले निर्माण गरेपछि सडकखण्ड सञ्चालन भएपश्चात् स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।   प

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif