Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

सर्लाहीमा १५ र कपिलवस्तुमा ९ सहित चितवन र नवलपरासीमा थपिए संक्रमित


२०७७ जेष्ठ ९ गते , शुक्रवार प्रकाशित

थप ३० जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकमा कोरोना संक्रमितको संख्या अब ४ सय ८७ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको छ । 

कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा संक्रमण पुष्टि भएको हो। 

त्यसैगरी सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकाका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ । 

नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुष र नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ । 

त्यस्तै चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif