Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

मानब स्वभाव र मार्क्सबाद !


२०७७ जेष्ठ ९ गते , शुक्रवार प्रकाशित

  कतिपय मानिसहरु जानाजान कम्युनिष्टआन्दोलनप्रति पूर्बाग्रह राखेर र अज्ञानताबश यस सिद्धान्त बिरुद्ध जसरी हुन्छ खनिदै आएका छन् । यो बिश्व कम्युनिष्ट आन्दोलनभित्र बढ्दो बिसंगति र बिकृतिबाट अत्तालिएका वा निराश र हतास भएका मानिसहरु  संसारभरी र त्यसैको एक अंश नेपालमा पनि मार्क्सवादलाई मानबीय स्वभाव बिपरीतको सिद्धान्त भएको भन्ने मनगढन्त र भ्रमपूर्ण कुराहरु गर्ने र आरोप लगाउने गर्दै आएका छन् । बास्तवमा मूल कुरा त्यसो हुँदै होइन ।    मार्क्सवादले युगौदेखिका दुःखकष्टबाट मानिसहरुलाई मुक्त गरेर उनीहरुका चौतर्फी समुन्नतिको आधार खडा गर्न स्वयम मानिसलाई जगाउने, उठाउने र अघि बढाउने कुराको जोडदार माग गर्दछ र त्यसका निमित्त लागिपर्दछ । मार्क्सले भनेका पनि थिए कि ‘यो संसारमा प्रेमपूर्बक र सुखमय किसिमले बाच्न पाइयोस भनेर हामी लड्दैछौं’। यस कुराले पनि मानिसको स्वभावसँग बिल्कुलै मेलखान्छ । दीनहीनताबाट, दुःखकष्टबाट, गरीबी, अभाव र असुरक्षाबाट मानब समाजलाई मुक्त हुन प्रेरित र आन्दोलित तुल्याउने यो सिद्धान्तभन्दा बैज्ञानिक अर्को कुनै मानबीय, मानिसको स्वभावसँग मेलखाने सिद्धान्त संसारमा अहिलेसम्म आएको छैन । आयो भने मार्क्सवादले त्यसलाई अस्वीकार गर्ने कुरा कही कतै गरेको पनि छैन ।    यसले त जुन असमानता, बिभेद र बिभाजन मानब समाजमा ब्याप्त छ त्यसलाई सही ढंगले उत्पादनका साधनहरुमाथिको एकाधिकार, चाहिनेभन्दा बढी थुपार्ने र अरु भन्दा बढी जोरजम्मा गर्ने र यसरी समाजमा ‘हुनेखाने र हुँदा मात्र खाने’ जुन अमानबीय बिषमता र अमानबीय स्थिति तथा प्रबृत्तिबाट समाजलाई मुक्ति दिलाउन खोजेको हो । जुन यो एकदमै मानब स्वभावजन्य कुरा नै हो । किनभने मानिसले बिद्यमान कायम रहेको भन्दा अझ राम्रो अझ स्तरीय, अझ उन्न जीवन यापन गर्न खोज्छ । त्यो स्वाभाविकै हो । मानब समाजको समग्र बिकास, सभ्यता र संस्कृतिको गति र दिशालाई हेरियो भने पनि यही नै देखिन्छ ।    समाज प्राचीन अबिकसित साम्यवादबाट अघि बढ्दै गएर दास युग, सामन्ती युग, पूँजीवादी युग हुँदै बिकासको उच्चतम समाजवाद र साम्यवादी युगमा प्रवेश गर्दछ भन्ने मान्यता नै मार्क्सबादी मान्यता हो र मानिसहरुको आजसम्मको संघर्षको मूल कुरा नै वास्तवमा त्यसैका लागि हो । यो बिल्कुलै मानब स्वभावजन्य छ । शोषक बर्गले शोषण कायम राख्न समाजमा अभ्यस्त गराइएका बिभेद र बिषतलाई स्वभाविक र मानब स्वभाबजन्य कुरा ठान्नु र मान्नु वास्तवमा ठूलो भ्रम सीबाय अरु केही हुदैन । सबै किसिमका शोषणबाट मानब समाजलाई मुक्त गर्ने बाटो देखाउने माक्र्सबाद मानब समाजजन्य छ । किन कि मानिस स्वभाब भनेकै स्वतन्त्रताप्रेमी र स्वाधीनताप्रेमी छ । त्यसैले दासानुदास बन्नु मानिसको स्वभाव होइन, एउटा जहरिलो र अस्वीकार्य बिकृति हो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif