Monday, 21 September, 2020    |    २०७७ आश्विन ५ गते , सोमवार

कपिलबस्तु बिजय नगरका गाउँ पालिकाका अध्यक्षद्वारा ४३ नेपाली नागरिकको उद्धार


२०७७ जेष्ठ ८ गते , विहीवार प्रकाशित


भोला गुप्ता

   विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष गोपाल बहादुर थापाले अलपत्र परेका ४३ नेपाली नागरिकलाई उद्धार गरेका छन् । भारतको हरियाणा, पञ्जाब लगायत विभिन्न ठाउँबाट आइरहेका नेपालीहरुलाई बिहिवार उनले उद्धार गरेका हुन् । उनीहरु सिलसिलामा भारत गएका थिए ।    लकडाउन लम्बिएसँगै नेपाल आइरहेका उनीहरुलाई कृष्णनगरको बोर्डरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । कपिलवस्तुको कृष्णनगर नाकाबाट कपिलवस्तुको विजयनगर गाउँपालिकाका २२ जना, बुद्धभूमी नगरपालिका, दाङ, बाँके, काठमाण्डौ लगायत विभिन्न ठाउँका अलपत्र २१ गरी ४३ जना नागरिकलाई नेपाल प्रबेश गराएका हुन् ।     बढनी कस्टम कार्यालयका इन्स्पेक्टर राजेन्द्र यादव, ब्लाक प्रमुख डिके सिंह र इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको रोहबरमा उनीहरु नेपाल भित्रियाइएको हो ।   यस अघि पनि गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भारतको विभिन्न ठाउँबाट आइरहेका ४१ जना दाङ, प्युठानका नागरिकलाई उद्धार गर्नुभएको थियो । नेपाल र भारतको १० गजामा आइपुगे पछि नेपाल, भारत दुबैले आउन नदिएको कारण लुकिछिपि आउँदा विजयनगरको गाँउपालिका पुगेपछि सिमामा अलपत्र भेटिएकालाई १ दिन क्वारेन्टाइनमा राखेर आफन्तको सम्पर्कमा आएका उनीहरुलाई गाडीको व्यवस्थापन गरी सम्बन्धित तहको जिम्मा लगाइएको थियो ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif