Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

रमजानमा लकडाउनमा परेका गरीब श्रमिक परिबारलाई राहत बितरण


२०७७ जेष्ठ ७ गते , बुधवार प्रकाशित

   
शहबाज खान   कोराना भाइरस विश्वमा महामारीको रुप लिएर फैलिएको कारणले नेपालमा पनि  व्यक्तिहरुमा संक्रमित भेटाएको पुष्टी नेपाल सरकारले समेत गरिरहेको स्थितिमा सकेको यो महामारीबाट नेपाल भरीका जनतालाई जोगाउनको लागि  सरकारले नेपाल भरी लक डाउन गरेको ५५औ दिन भन्दा बढी वितिसकेको छ।
    प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमको मेहनत गरी पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका मुस्लिम समुदायको पवित्र महिना रमजान चलि रहेको बेला खास गरिब समुदायका परिवारहरुलाई झन समस्या परेको छ। श्रमिक गरिब मजदूरहरुको अहिले रोजगार बन्द भएकोले यी गरिब परिवारको घर घरमा पुगी आइतवार का दिन ५नं प्रदेश मदरसा बोर्ड को आयोजना र हेरा शैक्षिक तथा मानवीय सेवा समाज को सहयोगमा कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने २००(दुई सय) असंगठित श्रमिक, विपन्न असहायहरु लाई राहत समाग्री वितरण गरेको ५नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले बताउदै भने कि यो वितरण कार्यक्रम हामी तेस्रो चरणमा गरि रहेका छौ । केही दिन पहिला कृष्णनगर नगरपालिका भित्र दुई चरणमा  लगभग ४००(चार सय) घर परिवार मा वितरण गरेका थियौं ।


आज तेस्रो चरणको राहत समाग्री वितरण मा २०० घर परिवारको घरमा चुलो जलाउने काम गर्न सफल  उपाध्यक्ष नेपाली सफल भएको स्थानियहरुले बताए् । कोई पवित्र रमजानको महिनामा भोकै नरहोस भन्ने उद्देश्यको साथ आज कृष्णनगर नगरपालिका भित्र तेस्रो चरणमा हामीले १४किलो चामल, २किलो दाल,२ किलो मटर, ५ किलो पिठो, तेल, आलू, , नून,लगायत खाद्य समाग्री वितरण गरेको र आउने दिनमा पनि नेपालको के कस्तो परिस्थिति आउछ त्यसै अनुसार हामी गरीब परिवारको लागि सकेसम्म सहयोग गर्ने उद्देश्य पनि राखेको सहयोगी शैक्षिक तथा मानवीय सेवा समाजका महासचिव शैख जैस मक्कीले बताए।अहिलेको अवस्थामा कपिलवस्तुमा कोरोना संक्रमितको संख्या दिन दिनै बढदै  गएकोले जनतालाई कोरोना भाइरसबाट जोगाउन र संक्रमित को संख्यालाई अझै बढना नपाओस सोचका साथ कििपलवस्तु जिल्ला समेत सिल रहेको छ। यस्ता दुखद घडीमा जिल्ला वासिहरु लाई धैर्य राख्नु र अनावश्यक यता उताा आवत जावत नगर्ने सके सम्मा गरिब परिवार लाई बढि भन्दा बढि सहयोग गर्नाको लागि राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले अग्रह समेत गरेका छन्। 
    उक्त राहत समाग्री वितरण कार्यमा कृष्णनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सगीर अहमद खां,नेकपा का नगर अध्यक्ष जावेद आलम खां,नगर उपप्रमुखका सल्लाहकार तुफेल आलम खांं, राष्ट्रिय मदरसा संघ नेपाल का सल्लाहकार अब्दुल अजीज, युवा नेता जुम्मन खां, मदरसा संघ नेपालका सदस्य नियाज अहमद, वसिम खान, कैफ खान, वसिउल्लाह चौधरी लगायत हरुको उपस्थिथित 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif