Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

नेपालमा थप २५ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि, जम्मा ४२७ पुगे


२०७७ जेष्ठ ७ गते , बुधवार प्रकाशित


सीताराम थपा

आज बुधवार स्वास्थ्य ता जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार कोभिड(१९ पुष्टि हुने मानिसको सङ्ख्या ४२७ पुगेको छ।
    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुमा १३, बाँकेमा ६, धनकुटामा ५ र नवलपरासी पश्चिममा १ जनामा कोभिड(१९ पुष्टि भएको हो।
    उनीहरू तीनदेखि ४८ वर्षका व्यक्ति भएको जानकारी उनले दिए।
    अहिलेसम्म ४५ जना भाइरसमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
    मङ्गलवार नेपालमा २७ जना र अघिल्लो दिन ८० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
    अहिले सबै प्रदेशमा कोभिड(१९ भेटिएको छ। प्रदेश नं ५ र २ मा सर्वा्धिक सङ्क्रमित छन्।    
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif