Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

भूमि व्यवस्था मन्त्रीले सार्वजनिक गरिन् नेपालको अद्ध्यावधिक नक्शा


२०७७ जेष्ठ ७ गते , बुधवार प्रकाशित

नेपालको नयाँ नक्शा सार्वजनिक भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पदमा अर्यालले आज नयाँ नक्शा सार्वजनिक गरेकी हुन् । 

नयाँ नक्शामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्शा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले नेपालको नयाँ नक्शाको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् । 

यसअघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्शा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

अब सरकारको निसान छाप, पाठ्यक्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्शा समेटिने छ । उक्त नक्शा नापी विभागका महानिर्देशक प्रकाश जोशीसहितको प्राविधिक टोलीले बनाएको हो ।

नक्शामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७५३ स्थानीय तह, ७७ जिल्ला समेटिएको छ । 

अब सबै सरकारी दस्तावेज र पाठ्यपुस्तकमा नयाँ संस्करणको नेपाली नक्शा नै प्रचलनमा ल्याइने भन्दै मन्त्री अर्यालले सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्शा प्रयोग गर्न उनले आग्रह गरिन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif