Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

क्रिमशन अस्पतालले दियो संक्रमित गुल्मीका विरामीको मृत्यु नभएको जानकारी


२०७७ जेष्ठ ७ गते , बुधवार प्रकाशित

  काठमाण्डौं । बुटवलको तिलोत्तमा नगरपालिस्थित क्रिमशन अस्पतालले आजफेरि दोश्रो विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित गुल्मीका विरामीको मृत्यु नभएको जानकारी दिएको छ ।   क्रिमशनमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको समाचार सोमबार बेलुकादेखि विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा आइसकेको अवस्थामा अस्पतालले यसलाई भ्रामक समाचार भएको भन्दै यसका पछि नलाग्न अपिल समेत गरेको छ ।     ती विरामीको आइसीयुमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको र अवस्था गम्भीर रहेपनि मृत्यु नभएको अस्पतालले दावी गरिरहेको छ भने विभिन्न संचारमाध्यममा उनको मृत्यु भएको समाचार आइरहेका छन् ।   स्मरण रहोस् अस्पतालले मंगलबार पनि एक विज्ञप्ति जारी गर्दै मृत्युको समाचार भ्रामक भएको भन्दै आपत्ति जनाएको थियो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif