Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

जेष्ठ ५ देखि २० गतेसम्म कपिलबस्तु पूरै बन्द


२०७७ जेष्ठ ७ गते , बुधवार प्रकाशित

  कपिलबस्तु जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिमामा रहेको परिप्रेक्षमा कपिलबस्तु जिल्ला प्रशासनले एक अत्यन्तै जरुरी सूचना जारी गरेको छ ।    त्यसमा भनिएको छ –‘‘अति आबश्यकीय बस्तुहरुको ढुवानी(खाद्यान्न, तरकारी फलफूल, दूध, पेट्रोलिम पदार्थ, ग्यास, औषधी, पानी, पशुपंक्षीको दाना, मल, बिउ बिजन) एम्बुलेन्स, शबबाहन, तथा राजमार्ग भएर गुड्ने सवारी(जिल्लाभित्र ओर्लिन र चढ्न नपाउनेगरी) बाहेक कपिलबस्तु जिल्लाभित्र गुड्ने सबै सबै  प्रकारका सवारी साधन, मानिसहरुको आवतजावत र सम्पूर्ण किसिमका गतिबिधिहरु(उद्योगधन्धा, कलकारखान, निर्माण सम्बन्धि कार्यहरु, ब्यापार ब्यबसाय) मिति २०७७ जेष्ठ ५ गतेदेखि जेष्ठ २० गते राती १२.०० सम्म पूर्णरुपमा रोक लगाएको छ ।जिल्ला प्रशासनले  यस सूचनाको उल्लंघन गरेको पाइएमा कानुन बमोजिक कारबाही हुने ब्यहोरा समेत यस जरुरी सूचना मार्फत सम्बन्धित सबैलाई बिशेष जानकारी गराएको छ ।    यद्यपि यस बीचमा पनि  खाद्यान्न र तरकारी किनमेलका लागि प्रत्येक सोमाबार, बुधबार र शनिबार बिहान ७.०० देखि ९.०० बजेसम्म खुल्ला रहने समेत जनाकारी जिल्ला प्रशासनले गराएको छ । यस अनुसार गएको ५ गतेदेखि कपिलबस्तु पूरै बन्दाबन्दीको अबस्थमा छ र यो क्रम २० गतेसम्म जारी रहने छ ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif