Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

काठमाडौंमा ५ र थप २७ कोरोना संक्रमित संख्या ४०२ पुष्टि


२०७७ जेष्ठ ६ गते , मंगलवार प्रकाशित


सीताराम थापा                                 

सरकारले कोरना नियन्त्रण प्रभाबकारी नतुल्याउँद  मंगलबार काठमाडौं उपत्यकामा सहित २७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा आज पाँच जना कोरोना भाइरका संक्रमित थपिएका छन् ।

  काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. दीपक देवकोटाले जानकारी दिएका छन् ।

  यसैगरी, कपिलवस्तुमा ४ जना, नवरपरासीमा १ जना, झापामा ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीमा २ जना, मकवानपुर, रामेछाप, सिन्धुली र लमजुङका एक एक जनामा संक्रमण पुष्टि भएको डा. देवकोटाले बताए ।
    संक्रमितहरु १७ वर्षदेखि ४२ वर्ष उमेरका छन् ।यससँगै नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको छ । अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । गत २४ घण्टामा २ हजार २ सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमुना परीक्षण गरिएको छ ।
     यस्तै गत २४ घण्टामा ५ हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडिटी परीक्षण भएका छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ९ हजार ४ सय ७३, प्रदेश नम्बर २ मा ९ हजार २ सय १६, बागमती प्रदेशमा १३ हजार १ सय ९७ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ५७ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ५३, कर्णाली प्रदेशमा ७ हजार ५ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार ८ सय ७० जनाको आरडिटी परीक्षण भएको छ ।
  उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी ४ सय ५७ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३७ र बागमती प्रदेशमा ७८ (उपत्यका १७ सहित) जना आइसोलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा २, प्रदेश ५ मा १ सय ८८, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ११ जना आइसोलेसनमा रहेका छन् ।

  अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार १ सय ७८, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ८१, बागमती प्रदेशमा ३ सय ३२ र गण्डकीमा ३ सय ५९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा १३ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ सय ९९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ३६ क्वारेन्टाइनमा रहेका छन् ।   अब कोरोनाको लक्षण नदेखिएपनि शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको उनले बताए ।   सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०—१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको बताइएको छ ।      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif