Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

दैलेखमा पहिलो कोरोना संक्रमण पुष्टी


२०७७ जेष्ठ ६ गते , मंगलवार प्रकाशित

सीताराम थापा


नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको करिव ४ महिनापछि कणालीमा संक्रमणको पहिलो केश फेला परेको छ ।
 
दैलेख आठबिस नगरपालिकाको क्वारेनटाइनमा रहेका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्काले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेकाको स्वाब सुर्खेतमा परीक्षण गर्दा पोजेटिभ नतिजा आएपछि पुनः परीक्षणको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा सोमबार पठाइएको थियो । नेपालगञ्जमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनलाई कोरोना संक्रमण पुष्टी भएको डाक्टर खड्काले बताए ।

संक्रमित युवा लकडाउनको अवधिमा १५ दिनअघि भारतको आग्रावाट आएका थिए ।   क्वारेन्टाइनमा रहेका उनलाई उपचारको लागी दैलेख अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ ।      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif