Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

नरैनापुर क्वारेन्टाइन क्षेत्रमा ४७ जना कोरोना संक्रमित भेटिए, मुलुकभर ३५७ जना


२०७७ जेष्ठ ५ गते , सोमवार प्रकाशित

कोरोना संक्रमित युवकको निधन भएको बाँके जिल्लाको नरैनापुर क्षेत्रको क्‍वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

आइतबार क्‍वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो । जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको हो । बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको छ। 

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ । 

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।

मुलुकभर कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। संक्रमितको स्थायी ठेगनका आधारमा देशभर ३१ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif