Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

पन्ध्र बर्षीय बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास


२०७७ जेष्ठ ४ गते , आईतवार प्रकाशित

शहबाज खान  


कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १० औरहवामा अन्दाजी १५ बर्षकी बालिकालाई जबर्ज्स्ति करणीको प्रयास गर्ने अन्दाजी २४बर्षीय रामतिर्थ यादव भन्ने (जियाहे यादव) थर भएका व्यक्ति पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ।
 
बालिकाको स्वास्थ्य परिक्षणको लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइए पनि रिपोर्ट आउन बाकी रहेको बताइएको छ। पक्राउ परेका व्यक्ति अहिले प्रहरीको नियन्त्रणमा छन।  मुस्लिम धर्मावलम्बीहरुको पबित्र महिना रमजानमा विहान ३ बजेको समयमा खाना खाने धार्मिक मान्यता छ। त्यो समयमा खाना खाने समयलाई  शेहरी भनिन्छ। घरका सबै सदस्य सुतेका थिए र शेहरी पकाउन उठेकी बालिकालाई मुख छोपी घर बाट करिब एक किलो मीटर टाढा र गाऊको पूर्व पट्टी रहेको मन्दिरको छेउमा लगेर १५ बर्षीय बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको परिवारिक श्रोतले बताएको छ।
    
दुइ बर्ष अघि २०७५ साल चैत्र १६ गतेका दिन पनि उक्त व्यक्ति माथि ईलाका प्रहरी कार्यालय गणेशपुरमा सोही गाऊका एक व्यक्तिले निजको श्रीमतिलाई ललाई फकाई प्रलोभनमा पारेर भगाई लागेको आरोप लगाउदै स्वास्नी, गहना र नगदी रकम फिर्ता समेत पाउन बारे लिखित निवेदन समेत दर्ता गराएको कुरा समाचार श्रोेतबाट जानकारी प्राप्त भएको छ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif