Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

विजयनगरमा एक जनामा कोरोना पोजेटिभ देखिएपछि सम्पर्कमा आएका सबैको स्वाब संकलन


२०७७ जेष्ठ ३ गते , शनिवार प्रकाशित

      कपिलवस्तुको विजयनगरमा हिजो शुक्रवार १ वडाध्यक्ष, १ एम्बुलेन्स चालक र १ ट्रयाक्टर चालक गरी ४५ जनाको स्वाब संकलन गरिएको छ । गाउँपालिकाको वडा ६ मा रहेको राम शरण आधाभुत विद्यालयको क्वारेन्टाइनमा रहेका एक जना ३२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनीसँग कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो ।  

  कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेकाको स्वाब संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जनस्वास्थ्य प्रयोगशालामा कोरोना परिक्षणका लागि पठाईएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले बताएका छन् । 

   गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाको क्वारेनटाइनमा रहेका ४५ जनाको स्वाब संकलन गरिएको हो ।  हालसम्म क्वारेन्टाइनमा रहेका जम्मा ५ सय ४ जना मध्ये ४५ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि भैरहवा पठाईएको छ भने ४ सय ५९ जनाको बाँकी रहेको स्वास्थ्य शाखाले जनाएको छ । 
    पहिलो चरणमा ५० जनाको स्वाब संकलन गरिएकोमा सबैको पिसिआर परिक्षण नेगेटिभ आएको थियो । गाउँपालिकाभित्र एक जनामा कोरोना पोजेटिभ देखिएसँगै उच्च सावधानी अपनाइएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा बताएका छन्  । 

    कपिल बस्तुका नेपालपत्र न्यूज डक कम का सम्बाददाता पत्रकार शहबाज खानले पनि आफ्नो स्वाब परीक्षण गराएका छन् । त्यसको परिणामा आएको छैन ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif