Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

कोरोना र भरिया


२०७७ जेष्ठ ३ गते , शनिवार प्रकाशित






ई. सन्तोष कुमार पोखरेल


ऊ हेरिरहेको थियो शुष्क थिए उसका आँखाहरू
कैलेटी परेका थिए ओठहरू जस्तै बन्जड पाखाहरू
ऊ उभिइरहेको थियो चोकको एउटा कुनूमा
गम खाँदै थियो शायद भरिया हुनुमा |

ऊ उभिएको थियो एउटा काँधमा नाम्लो झुण्ड्याए
एक मुस्लो धुवाँ मास्तिर उडाउँदै दूर दूर कुर्दैथियो शायद भारीको पालो हेर्दैथियो पसलहरू तिर एक सूर |


पसलहरू बन्द थिए चीसो थियो बतास
अझ कोरोनको महामारीले सबै थिए हतास
यो हतास मनस्थितिमा पनि एक त्यान्द्रो आश लिएर
त्यो भरिया अहिलेको शहरिया
पसलतिर दृष्टि लाइरहेको थियो
र गाउँका यादहरूमा हराइरहेको थियो |


बतास उसलाई छुँदै गैरहेकोथियो
फेरि आइरहेको थियो त्यो चिसोले एक प्रकारको मोहनी लाइरहेको थियो
उसले टाउको उठायो र हल्लाइहाल्यो झटपट त्यो ठुटो चुरोट फेरि बाल्यो एक सर्को तान्यो, निभायो अनि पाइन्टको खल्तीमा हाल्यो |

को थिए आश्रित उसको कमाईमा नसोध सोध कोरोनाको कथाले अरू के के माग्यो? ऊ लामो सुस्केरा हालेर अर्कै दिशाहीन गंतव्यातिर लाग्यो |
 

मे १४. २०७७ भक्तपुर
सर्वाधिकार कविमा सुरक्षित
© santosh kumar pokharel

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif