Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

नेपाली भूमिमा भारतको निर्लज्ज अतिक्रमणविरुद्ध एकजुट हुन अपील


२०७७ जेष्ठ २ गते , शुक्रवार प्रकाशित

अखिल नेपाल विद्यार्थी यूनियनले नेपाली सीमामा भारतीय पक्षको निर्लज्ज अतिक्रमणविरुद्ध एकजुट हुन अपील गरेको छ । विश्व कोरोना भाइरस विरुद्धको लडाईंमा रहेका बेला भारतले नेपालको सीमा मिच्दै सडक निर्माण र सञ्चालन गरेकोप्रति यूनियनले आपत्ति जनाएको छ । 

यूनियनले ५५औं विद्यार्थी एकता दिवसको अवसर मा एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न विद्यार्थी, युवा, मजदुर किसान, महिलाले एकिकृत रुपमा आवज बुलन्द गर्नुपर्ने जनाएको हो । 

विद्यार्थी एकता दिवसको शुभकामना दिँदै यूनियनले विभाजित विद्यार्थी आन्दोलनको एकताका लागि पनि आह्वान गरेको छ ।  

स्ववियु निर्वाचनमा उमेरद्वारको २८ बर्षे उमेर हदबन्दी, समानुपातिक निर्वाचन प्रणाली जस्ता महत्वपुर्ण एजेण्डाहरूको प्रणेता संगठन र बिभिन्न प्रमुख आन्दोलनको शुत्रधारको रूपमा चिनाउन पाउनु विद्यार्थी आन्दोलनका लागि गौरवपूर्ण बिषय भएको यूनियनका सचिवालय सदस्य मनिष भट्टराईद्वारा प्रेषित वक्तब्यमा उल्लेख छ । 

कोरोना भाइरसको सन्त्रासले निम्न वर्गका मानिसहरु पीडित भइरहेकोले उनीहरुलाई राहत दिनुका साथै सुरक्षाको व्यवस्था गर्नु, राष्ट्रिय स्वाधीनताको रक्षागर्न तुरून्त उपयुक्त पहलकदमी लिन, सरकारी कर्मचारीहरूको बोनस र तलब कटौती गरी सम्पुर्ण भाडामा बस्ने विद्यार्थी तथा मजदुरहरूको भाडा मिनाहा गर्न, शिक्षण संस्था बन्द रहेको अवधिको सम्पुर्ण शुल्क मिनाहा गर्न सरकार र सम्बन्धित सबैमा यूनियनले जोडदार माग गरेको छ । 




 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif