Monday, 21 September, 2020    |    २०७७ आश्विन ५ गते , सोमवार

त्याे दिन आउने छ


२०७७ जेष्ठ २ गते , शुक्रवार प्रकाशित

  • कृष्ण हरि भट्ट 


हाे,
त्याे दिन आउने छ

जुनदिन नेपालीकाे शिर

सगरमाथझैं उच्च हुनेछ

जुन समय नेपालीकाे विचार

एउटा असल जिज्ञासुले झैं सुन्नेछन

जुन परिवेशमा

मात्रृभाव हुनेछ

भात्रृभाव हुनेछ

एकलभाव नष्ट हुनेछ

दुष्टभाव पतन हुनेछ

समभाव जागृत हुनेछ


हजारौँ

लाखाैँ

कराेडाैँ

अरवाैँ हातबाट निर्मित

मानव वस्ति

मुठ्ठिभरका हातबाट न्याकिदा पनि

अइयासम्म भन्न नसकेकाे पीडा

झरेका आँसु र रगत

आक्राेस र भेल बन्नेछ

त्यसले

तिम्राे साम्राज्य ध्वस्त पार्नेछ

तिमी त्यही कुर्सिमा बस्दा बस्दै

तिमीले

तिम्रा आसेपासे भराैटे हुक्केहरुले समेत

पत्ताे नपाउदै

तिमी सक्कि सकेका हुनेछाै

किन भने

तिमीले बिभाजित गरेका

कमजाेर बनाएका

असाय ठानेका

शाेषण र दमनले जिर्ण बनाइएकाहरु

एकजुट भएकाे

तिमी र तिम्राहरुलाई

थाहा हुने छैन ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif