Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

विपद्को बेलामा पनि सदस्यको निरन्तर सेवामा सहकाली साकोस


२०७७ जेष्ठ १ गते , विहीवार प्रकाशित

सदस्य र समुदायलाई केन्द्रविन्दु बनाएर सञ्चालन भएका सहकारी संस्थाहरुलाई वर्तमान परिस्थितिले पनि कुनै असर पुर्‍याएको छैन । बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राहीलाई सेवा दिन नसकिरहेको अवस्थामा पनि सहकारी संस्थाहरुले आफ्ना सदस्यलाई सहज रुपमा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै आएका छन् । 

विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणका अवस्थामा पनि सरकारले जारी गरेको लकडाउनलाई पूर्ण पालना गर्दै कोरोनाबाट बच्न सावधानी अपनाउँदै संस्थाहरुले सदस्यहरुको दैनिकीलाई सहज बनाउन अहोरात्र लागि परेका छन् । कोरोनाबाट बच्न र बचाउन सहकारीहरुले सेवा लिन आउने सदस्यहरुको तापक्रम मापन, स्यानिटाइजरको प्रयोग र साबुन पानीले हात धुने जस्ता व्यवस्था गरेका छन् । 

महामारी फैलिएको बेलामा पनि आफ्ना सदस्यहरुलाई सहज सेवा दिन सहकाली साकोसले नयाँ तरिका अपनाएको छ । संस्थाले बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म कार्यालय सञ्चालन गरी सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । सामान्य समयमा भन्दा फरक तरिकाले कार्यालय सञ्चालन गरिएको संस्थाका प्रबन्ध निर्देशक बालकुमार बास्तोलाले बताए । “नियमित रुपमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय सञ्चालन हुने गथ्र्यो, भीडभाड कम होस् भनेर अहिले बिहानैदेखि कार्यालय सञ्चालन गरी सेवा प्रदान गरिएको हो,” उनले थपे “सदस्यले आफ्नो बचत खातामा रहेको जति पनि बचत फिर्ता लिनसक्ने व्यवस्था मिलाइएको  छ ।” 

संस्थामा तरलताको कुनै समस्या नभएको उनको भनाई छ । संस्था नियमित रुपमा सञ्चालन भएकाले बचत झनै बढेर गएको उनले बताए । नियमित सेवा दिँदा सदस्यहरुको विश्वास बढेको भन्दै बास्तोलाले समुदाय र सदस्यमा आधारित संस्था भएकाले विषम परिस्थितिमा पनि संस्थाको कारोबारमा कुनै कमी नआएको जानकारी दिए । 

प्रतिकुल परिस्थितिमा पनि सेवा दिन सकेकाले सहकारीहरुको भीडमा सहकालीले छुट्टै पहिचान बनाउन सकेको बास्तोलाको दावी छ । “हामी सदस्यकै सेवाका लागि खुलेका हौं,” उनले भने “जस्तोसुकै परिस्थितिमा पनि सामान्य अवस्थामा जस्तै सदस्य सन्तुष्ट हुने गरी सेवा दिन्छौं । ” 

बजारमा सहकारी क्षेत्र संकटमा पर्नसक्ने र सदस्यहरुलाई बचत फिर्ता गर्न नसक्ने भन्ने हल्ला गरिएता पनि सहकाली साकोसले आफ्ना सदस्यको आवश्यकताका आधारमा जतिपनि बचत फिर्ता दिँदै आएको उनको भनाई छ । संस्थाले दिएको सेवाकै कारण बैंक तथा वित्तीय संस्थामा जम्मा गरिएको रकम समेत संस्थामा आउन थालेको उनले जनाए । 

सबै कर्मचारीहरु नियमित कार्यालय आई सदस्यको दैनिक कारोबार देखि आवश्यक सबै प्रकारका सेवा दिन तल्लिन रहेको समेत उनले जानकारी दिए । 

संस्थाले विपद्को समयमा पनि राष्ट्रिय सहकारी बैंकको थप ७१ लाख रुपैयाको शेयर खरिद गरेको छ । संस्थाले यसअघि खरिद गरेको ३० लाख शेयरसँगै अब एक करोड एक लाखको शेयर पुर्‍याएको छ । विषम परिस्थितिमा पनि ठूलो परिमाणमा शेयर खरिद गरेकोमा बैंकले संस्थाप्रति आभार प्रकट गरेको छ । 

सहकाली जस्ता समुदायमा आधारित धेरै संस्थाहरुले विपद्को घडीमा समेत सदस्यहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्दै सहकारीको छवि उच्च पार्न सफल भएका छन् ।


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif