Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

महामारी, महाबन्दी र महामन्दीको माहोलामा अबको बिकासको मूलबाटो


२०७७ बैशाख ३१ गते , बुधवार प्रकाशित

  –लोकनारायण सुबेदी     बिश्व महामारी कोरोना भाइरसले मानिसको स्वास्थ्य त खतरामा पारेकै  छ र दिनदिनै लाखौ मानिसलाई मारेकै छ । त्यसका अतिरिक्त यसले अर्थतन्त्रको स्वास्थ्यलाई पनि नराम्ररी थला पारेको  छ र यो महामारीले बिश्वब्यापीरुपमा नै अपूर्ब महामन्दी उत्पन्न हुने स्थिति सिर्जना गरेको छ । बिश्वले केही  ढिलो चाडो यो महामारीबाट छुटकारा पाइहाले पनि महामन्दीको खाडलमा पर्ने कुरा भने निश्चित छ । यो आशंका बिना कारण गरिएको छैन । किनभने बिश्वको आधा भाग र झण्डै एक तिहाई क्षेत्रमा आज महाबन्दी (लकडाउन)मा परेको छ । यसको सर्बत्र नकारात्मक आर्थिक असर परिरहेको छ र अझ पर्ने छ ।     सामान्य अबिकसित र बिकासशील देशहरुको के कुरा गर्ने आज त आर्थिक गतिबिधि ठप्प हुनुका कारणले महाशक्ति राष्ट्र अमेरिकाको पनि स्थिति डामाडोल देखिन थालेको छ । अनि अरु कमजोर र सानो आकारका अर्थतन्त्र भएका देशहरुको स्थिति त झनै कम प्रभावित छैन यो महामारीको माहामारले । यति हुँदा हुँदै पनि कतिपय अर्थशास्त्रहरु ग्रामीण जनसंख्या बिशाल भएका देशहरुमा ग्रामीण खेतीपातीका कारणले यो महा आपदको स्थितिबाट निस्कन सकिने कुरामा आशाबादी रहेका छन् । यस आशाबादको एउटा प्रमुख आधार केलाई मानिएको छ भने जनसंख्याको अत्यन्तै ठूलो हिस्सामा यो कोभिड–१९ को महामारीको चपेटामा आउनबाट बचेका छन् । त्यसले गर्दा यो महामारीको बेलमा पनि ती क्षेत्रहरुमा त्यत्ति राम्रोसँग नभए पनि महामारीको चपेटामा परेका क्षेत्रहरुमा जस्तो आर्थिक गतिबिधि ठप्प भएको छैन । अर्थशास्त्रीहरुको अर्को के दाबी पनि छ भने केवल शहरी आर्थिक गतिबिधिलाई केन्द्रमा राखेर अर्थब्यबस्थाको आकलन गर्नाले सही निष्कर्श निकाल्नु यथार्थ र सही हुँदैन र त्यसरी निकालिनु पनि हुँदैन । समग्र अर्थतन्त्रको ग्रामीण क्षेत्रका जनताको योगदान के कति छ र शहरी क्षेत्रको के कति छ त्यसलाई पनि मध्यनजरमा राखिनु पर्दछ । यस आधारमा बिश्लेषण गरेर भन्न सकिन्छ कि जहाँ ग्रामीण अर्थतन्त्र छ त्यहाँ कोरोनाको प्रभाव र असर कम बनेको र त्यो क्षेत्र प्रायः सबल तरीकाले नै चलिरहेको छ र आगामी दिनमा पनि चल्ने छ । यसलाई अज सबलता प्रदान गर्न त्यसका राजनैतिक, आर्थिक, समाजिक र साँस्कृतिक बिघ्न बाधाहरुलाई केलाएर हटाउनु अत्याबश्यक छ । ग्रमिण अर्थतन्का साना र घरेलु ब्यापारी र पसलेहरुलाई पनि कोरोनाको महामारीको बोलमा कुनै खाश फाइदाको स्थिति त रहेको त छैन तर तिनीहरुमाथि कुनै बढी ऋणको बोझ बोक्नुपर्ने स्थिति पनि रहेको छैन । तिनको त्यत्तिका ठूलो लेन देनको स्थिति पनि रहेने गरेको होइन र रहेको हुँदैन ।त्यसैले महामारीपछि तिनको कारोबार अगाडि बढाउनमा त्यत्ति धेरै कठिनाई रहँदैन र तिनको आर्थिक गतिबिधिमा अपूर्ब तीब्रता आउँदछ भन्ने अर्थबिज्ञहरुको महत्वपूर्ण बिश्लेषण छ ।   हामीले यतिबेला सम्झनु पर्दछ २००८ को बिश्व मन्दलाई । त्यतिबेला संयुक्त राष्ट्र संघले एक प्रतिबेदन निकालेको थियो र त्यसमा के भनिएको थियो भने कतिपय बिकासशील देशहरुमा त्यसको असर परेन । त्यसको कारण ती देशहरुको संयुक्त परिवार, ग्रामीण सँस्कृति र खेतीपातीलाई उल्लेख गरेको थियो । आजको नेपाली समाज पनि मूलतः ग्रामीण समाज हो । तर बिश्वब्यापी भूमण्डलीकरणले झिल्स्याएको ग्रामीण समाज यो बन्दै गएको छ । अब यो असफल बनेको साम्राज्यबादी भूमण्डलीकणको चपेटाबाट बाहिर निस्केर कृषिलाई पुनरोद्धार गर्ने र  पुनर्जीबन दिएर कृषि र किसानको शक्तिलाई जगाउने हो भने कोरोनाको कारण सिर्जना हुन लागेको महामन्दी, बेरोगारी र भोकमरी तीनवटै समस्याबाट बच्न र जोगिन सकिन्छ । राष्ट्रिय आमदानीमा ३० प्रतिशत जति मात्र योगदान दिइरहेको कृषिलाई ५० प्रतिशत योगदान दिने स्थतिमा पु¥याउन सकिन्छ । खाद्यान्न, तरकारी, फलपूmल र दुग्ध तथा मासुजन्य पदार्थमा आत्मनिर्भर बन्न सकिन्छ र नेपाललाई दीगो औद्योगिक बिकासको बाटोमा द्रूत र प्रकृति मैत्री किसिमले अग्रसर हुने आधार खडा गर्न सकिन्छ । यसरी औद्योगिक बिकास — कृषि र गैर कृषि दुबै क्षेत्रमा बेरोजगारीको अन्त्य हुने र हाम्रा श्रम र सीप भएका जनसंख्याको ४० प्रतशित यूवा समुदायले नेपालमै आकाषक काम पाउने स्थिति सिर्जना हुन्छ । स्तरीय जीवन यापन र थप प्रगतिका निमित्त अरु देशको मुख ताक्नु पर्दैन । अरु देशमा कमारो बन्न जाने होइन आफ्नै देशमा मालिक भएर अघि बढ्ने परिबेशन निर्माण गर्न सकिन्छ ।      तर यसको लागि कृषिको आधुनिकीकरण गर्ने, ब्यवसायीकरण गर्ने  केवल प्राबिधिक कुरा गरेर मात्र हुँदैन । सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा जमिनमा दसनँग्री गर्ने किसानको जमिन माथिको स्वामित्व, अपनत्व र ममत्व स्थापित गर्ने र पुरानो खालको सामन्ती भू–स्वामित्व अन्त्य र जमिनको अबैज्ञानिक र असमान बितरणको अन्त्य गर्नै पर्ने आधारभूत कुरा हाम्रा अगाडि छ । यसैमा नै भूखण्डीकरण, बिभिन्न स्वार्थको बहानामा र सिचाईको अभाबका कारणले समेत  जग्गा बाझो राख्ने समस्यालाई पनि हल गरेर जान सकिन्छ ।  यसो गर्न र आधुनिक र उन्नत किसिमले खेत ीगर्न सकेमा उत्पादकत्व र उत्पादनमा थप ३०  प्रतिशत बढोत्तरी हुने बिभिन्न देशको र हाम्रै देशेको पनि यस सम्बन्धि अनुसन्धानले प्रष्ट पारिसकेको छ । दीगो किसिमले कृषिलाई आधुनिकीकरण गर्ने, उत्पादकत्व र उत्पादन बृद्धि गर्ने हो भने ‘बैज्ञानिक क्रान्तिकारी भूमिसुधार, आम बिद्यूतिकरण र राष्ट्रिय औद्योगिकरण’यी तीनवटै पक्षलाई सँगसँगै एउटै प्याकेज बनाएर  एक अर्काको परिपूरक र अभिन्न अंगकोरुपमा अघि बढाउन सकेमा मात्र कृषिको समुन्नति, बेरोजगारीको अन्त्य, आत्मनिर्भरता र सार्थक समुन्नतिको मूलबाटोबाट अघि बढ्न सकिन्छ ।      यस्तो स्थिति निर्माण गर्नका लागि बास्तविक किसानालई जमिन, जल, जंगल, र जनशक्तिले सुसज्जित तुल्याएर एकीकृत सामुहीक, सहकारी र पारिबाकि खेतीको समय सापेक्ष र अग्रगामी नीति अख्तियार गरी प्रभाबकारीरुपमा कार्यन्वयन गर्न सकिन्छ र गरिनु पर्दछ । जमिनलाई जल र असल उन्नत बिउ, उपयुक्त स्थानीय हरियो मल, पत्कर मल पुशपंक्षी  मलको अधिकतम उपयोग र न्यूनरुपमा रासायनिक मलको पनि संयोजन मिलाएर जमिनको उर्बरा शक्तिलाई अझ उन्नत शतत उर्बर बनाइराख्न र बढी उत्पादन लिन सकिन्छ । उत्पादित बस्तुको किसान–मैत्री बजारको आबश्यकता छ ।   यसरी स्वाबलम्बी बन्न सकिने अवसर कोरोना महामारीले हामीलाई दिएको छ ।अब शहर केन्द्रित कर्मचारी केन्द्रित बिकास नीति होइन जनता र गाउँ केन्द्रित तलैबाट उठेको बिकास नीतिको आवश्यकता छ । यस्तो नीतिले नेपालीले भोकै मनुपर्ने या जीबन निर्बाह गर्न अरुको भर पर्नुपर्ने स्थितिको अन्त्य हुन्छ र अझ थप सबल राष्ट्रिय समुन्नतिका निम्ति ठोस बस्तुगत आधार तयार हुन्छ ।यसरी गाउँलाई बिकासको केन्द्र बिन्दू र आधार बनाएर स्मार्ट सिटी होइन स्मार्ट गाउ बनाउने अल्प मध्य र दीर्घकालीन नीति अपनाएर अघि बढ्नु आजको आवश्यक आबश्यकता हो । यसले राष्ट्रिय बजार अभिबृद्धि गर्दछ र किसानको जीवन उन्नत तुल्याउँदै राष्ट्रिय औद्योगिकरणका लागि सबल आधार प्रदान गर्दछ । अहिलेसम्म उच्च प्राथमिकता नारामा दिएर किसान र कृषि क्षेत्रलाई हेय दृष्टिकोणले हेर्ने र ब्यवहार गर्ने गरिदा गाउँका सबै ऊर्जाशील यूबा शक्ति पलायन भएर शहरतिर या बिदेशतिर जाने गरेको मात्र होइन बिदेशमा पनि लुटिने पिटिने र दैनक शब बकासमा स्वदेश फर्कनुपर्ने दारुण स्थिति एकारित हामी ब्यहोरिई रहेका छौ भने अर्कोतिर गुणस्तरीय कृषि र कृषिजन्य प्रशोधित या अर्धप्रशोधि सामाग्री बिश्व बजार खाशगरी हाम्रो सन्दर्भमा १ अर्ब ४० करोड जनसँंख्या भएको उत्तरको चीन र १३५ करोड जनसंख्या भएको दक्षिणको  भारतमा निकासी गर्न सक्दछौ । तर हाम्रो ध्यान त्यतातिर गएको छैन । आयात र राजश्वमा आधारित हाम्रो बर्षेनीको बजेटको अन्तर्य नै यही हो  । त्यसैले अब कृषिमा आमूल परिवर्तन गर्ने बिकासको सही दिशा नपक्रिने हो भने फेरि पनि हामी पुरानै असफलता र यथास्थितिमा अल्मलिने र परभिर्नर बनिरहने बाहेक अरु केही हुदैन । राज्य, सरकार, कृषि, बन, बातावरण बिशेषज्ञ र सामाजिक न्यायका अध्येताहरु सबैको ध्यान यस दिशामा केन्द्रित हुनै पर्दछ । बिश्व ब्यापी कोरोना महामारी, त्यसले निम्तयाएको महाबन्दी र त्यसबाट उत्सर्जित महामन्दीको माहोलमा हामीले लिने मूल बाटो नै यही हो । यसले पर्यटकीय, बातावरणीय र सामाजिक क्षेत्र पनि फस्टाउने र रोजगारी पैदा गर्ने ब्यापक र उपयुक्त आधार र बातावरण बन्छ । यस्तो बिकास जनमुखी, भ्रष्टाचारहीत र बिश्वासिलो पनि हुन्छ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif