Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

शुभप्रवा सेभिङ्गको १ लाख कामनपा विपद् कोषमा


२०७७ बैशाख २९ गते , सोमवार प्रकाशित

कामनपा–७, चुच्चेपाटीमा रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले काठमाडौं महानगरपालिकालाई एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।

विश्वभरि महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा प्रभावितलाई राहत प्रदान गर्न कामपा वडा नम्बर ७ ले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा संस्थाले सहयोग गरेको हो ।

संस्थाको तर्फबाट उपाध्यक्ष चन्द्र प्रसाद खनाल र कार्यकारी प्रमुख सुवास खड्काले महानगर प्रमुख विद्या सुन्दर शाक्य र वडा नं. ७ का वडाध्यक्ष शुद्ध कुमार डङ्गोललाई चेक हस्तान्तरण गरेका थिए ।

संस्थाका कार्यकारी प्रमुख फडिन्द्र कुमार खड्काले सदस्यहरुको आवश्यकतालाई मध्येनजर गर्दै बिहान १० बजेदेखि दिउँसो १ बजसम्म कार्यालय खोली सेवा दिँदै आएको जानकारी दिए ।

संस्थाले सदस्यहरुले घरमै बसेर मोबाईल बैंकिङ् सेवा लिन मिल्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । ‘सदस्यहरुको सुविधाका लागि संस्थाले अनलाइनबाटै मोबाइल बैंकिङ् सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ’, उनले भने ‘सदस्यहरुलाई घरमै बसेर मोबाइल बैंकिङ् सुविधा लिन अनुरोध गर्दछौं ।’

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif