Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

प्रक्रिया पुर्‍याएर उद्योग व्यवसाय सञ्चालन गर्न परिसघ तयार


२०७७ बैशाख २९ गते , सोमवार प्रकाशित

लकडाउनलाई जारी राख्दै, यो अवधिमा प्रक्रिया पुर्‍याएर केही उद्योग, व्यवसाय सञ्चालन गर्न  दिने सरकारको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत  गरेको छ । सामान्य रुपमा भए पनि औद्योगिक गतिविधी बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास परिसंघको छ । 

  परिसंघले सञ्चालनमा आउने उद्योग व्यवसायहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गर्न पनि परिसघले आग्रह गरेको छ   । यसैगरी आंशिक खुला गरिएका व्यवसाय सञ्चालनका लागि आवश्यक सवारी आवतजावत तथा हिड्डुलका लागि अनुमति पत्र अर्थात पास वितरणलाई थप व्यवस्थित बनाउन पनि परिसंघले सम्बन्धित निकायलाई भनेको छ ।

  संक्रमणको जोखिमको आधारमा सम्पूर्ण देश,प्रदेश र स्थानीय तहलाई  तीन अलग(अलग क्षेत्र अर्थात् जोनमा बाँडेर थप कडाई र खुला गर्दै लैजाने काम अघि बढाउन पनि परिसंघले सरकारसँग आग्रह गरको छ ।  रेड, अरेन्ज र ग्रीन जोनमा बाँडेर जोखिमको स्तर निर्धारण गरी संक्रमण नियन्त्रणमा थप काम गर्न सकिने र कम जोखिमका क्षेत्रमा थप खुला गर्दै लैजाँदा स्वास्थ्य र आर्थिक संकटबाट हुने क्षति कम गर्न सकिने भएकाले परिसंघले यसतर्फ कदम चाल्न  सरकार सँग  उसले आग्रह गरको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif