Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

गरीबको देश


२०७७ बैशाख २८ गते , आईतवार प्रकाशित

 
ई. सन्तोष पोखरेल          

उनीहरु भारतबाट नेपाल पस्तै थिए
पस्नेहरू सस्तै थिए
नेपाली फरर बोल्थे र घर आउदै थिए
आफ्ना नागरीकताको खोस्टो पनि देखाउदै थिए
नेपाली नै हुन् भन्नेमा थिएन कुनै शंका
 बित्थाको देखिदै थियो गडलंका ।

तिनका ढाडमा गुन्टा र काँधमा अरु बोझा थिए,
सैका मा बच्चा झुन्डिन्थे, हेर्दा सबै सोझा थिए।
सबै मुग्लानेका मजदूर थिए
तिनका घरबालाहरूबाट परित्यक्त,
तर मुश्किलले यी दुख हुन्थे व्यक्त ।
कोरोना को कहर जो थियो
बाँच्न पाउने रहर थियो
आफ्नो देशको शरण लिन फर्किदै थिए
अरु तिनका कुनै थिएनन् अभीष्ट !


आफ्नै मुलुकको सीमाका मान्छे देखेनन् शिष्ट,
रायापन र शंका थिए सिर्फ    
अँखामा; दया र करुणा थिएनन्
  नेपाली जस्तै देखिने पुलीसले
तिनलाई सीमा पस्नै दिएनन् ।


ती धेरै रोए धेरै कराए  धेरै बेर कुरे अनि नेपथ्यमा हराए......
तिनका आवाज सुनिदिने कोही भएनन्
,तिनलाई खान दिनु त परैजाओस्
  हेर्नसम्म कोही गएनन् ।

मुलुकमा कम्युनिस्टको शासन कालमा 
टुलुटुलु हेर्थे गरीबका पेट माराहरू 
भोकभोकै थिए सर्वहाराहरू।

 परदेश गएका पेट लाउरेहरू
अनि तिनका आउरेबाउरेहरू
दरवान सिक्योरिटी र मजदूरहरू
ईन्डिया अरब अनि दूर देशका पूरहरू
सबैतिर छ्यास्छ्यास्ति थिए
रेमिट्टेन्स पठाउने ज्यानहरू,
ऐले महामारी बाट जोगिई बस्न खोज्दा
अर्काको भूमी छाडी आफ्नैमा पस्न खोज्दा
यी रेमिटेन्सका  हीरोलाई दिनुपर्ने सम्मानहरू, छैनन्;
अब सरकार रक्सी खाएर सुतेको छ रे  फुटे रे सबैका कानहरू।

 एउटा महामारीले मान्छेको अस्तित्व हराउँदो रहेछ
तेस बेला नानाथरी बिचार आउँदोरहेछ
अस्तित्वबिहीनहरूको देश के देश?
तिनको कस्तो हैशियत र कुन स्थान बिशेष ?

 
अनि देश भनेको के हो?
राष्ट्र भनेको के हो?
के यो निर्जीव माटो हो?
अथबा यी सबको कुनै साटो हो?

तिनी जान्दैनन् र जान्न पनि मान्दैनन्
 कति दिनदेखिको भोकले ती लखतरान गलेकाछन् 
 तिनका भुडी मा ज्वाला बलेकाछन् 
मस्तिष्क तिनका क्लान्त छन् ,
अनि उनीहरू शान्त शान्त छन् ।

अब के सोध्नु रह्यो र शेष ?
एक अर्काका आँखा हेरी खोज्दैछन्
कहाँ छ तिनको देश !

  भक्तपुर नेपाल ।
  बैशाख २७. २०७७.  May 09. 2020.  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif