Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

नेपालमाथि भारतीय हस्तक्षेपको नेपाल कम्युनिष्ट पार्टीद्वारा घोर बिरोध


२०७७ बैशाख २६ गते , शुक्रवार प्रकाशित

आज नेपाल कम्युनिष्ट पार्टीले एक बक्तब्य  जारी गर्दै लिपुलेकमाथि भारतको हस्तक्षेपको घोर बिरोध जनाएको छ। बिरोध बक्तब्य यस प्रकार   :

भारतले नेपालको लिपु लेक भएर चीनको स्वशासित प्रदेश तिब्बमा रहेको मानसरोबरसम्म जाने बाटो बनाएको त्यसको रक्षामन्त्री राजनाथ सिंहले भिडिओ कन्फरेन्सको माध्यमबाट उद्घाटन पनि गरिसकेको भन्ने समाचाले भारत नेपालको सार्बभौमिक अखण्डता स्वाधीनतमाथि नाङ्गो हस्तक्षेप गर्न अघि सरिसकेको कुरा प्रष्ट  भएको यो सार्बभौम नेपाल यसको अखण्डतामाथिको नग्न हस्तक्षेप हो यसको घोर बिरोध गर्दै भारतले लिपुलेक लगायतका नेपाली भूभाग राखेर बनाएको पछिल्लो राजनीतिक नक्साको इरादा नेपालमाथि हस्तक्षेप गर्नु नै रहेछ भन्ने कुरा प्रष्ट पारेको औल्याउदछौ

अतः भारतको यो ठाडो हस्तक्षेपको तीब्र बिरोध गर्दै नेपालमाथिको हस्तक्षेप बन्द गर, अतिक्रमणकारी नक्सा खारेज गर भन्ने जोडदार मागकासाथै भारतको यो हस्तक्षेप्रति नेपाल सरकार  किन मौन बस्यो भन्ने गम्भीर प्रश्न उठाउँदै नेपाल सरकारले तुरुन्त यस बारे भारतको बिरोध जनाओस् नेपालको भौगोलिक अखण्डता स्वाधिनताको सम्मान गर्न लगाओस् भन्ने जोडदार माग गर्दछ साथै संसदको बजेट अधिबेशनमा सांसदहरुले पनि तुरुन्तै यसको बिरुद्ध आवाज उठाउन् स्वाधीनता  सार्बभौमिक, अखण्डतामाथिको हस्तक्षेपको बिरोध गरुन् भन्ने आग्रह गर्दै सम्पूर्ण बामपन्थी, जनबादी तथा देशभक्त नेपालीहरु हस्तक्षेपकारी भारतीय एकाधिकार पूँजीवादी सत्ताको बिरोधमा खडा हुन पनि नेपाल कम्युनिष्ट पार्टी बिशेष आग्रह गर्दछ  

क्तब्यमा नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष लोकनारायण सुबेदीले हस्ताक्षर गरेको

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif