Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

सक्रिय सहकारी सञ्जालको आयोजनामा रक्तदान


२०७७ बैशाख २६ गते , शुक्रवार प्रकाशित

सक्रिय सहकारी सञ्जालको आयोजनमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नागार्जुन नगरपालिका मिलन टोलस्थित अधिकारी ड्राइभिङ सेन्टरको प्राङ्गणमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रमलाई दाता विनायक इन्भेष्टमेन्ट प्रा.लि., अधिकारी ड्राइभिङ सेन्टर र नेशनल कोअपरेटर्स एलायन्स क्षेत्र नं ८ को संयोजन गरेका थिए भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी सीतापाइला उपशाखाले गरेको थियो । कार्यक्रममा ३२ जनाले रक्तदान गरेको सञ्जालका कार्यकारी सदस्य दिनेश थापाले जानकारी दिए । 

कोभिड–१९ ले गर्दा संघसंस्थाहरुले सहजरुपमा रक्तदान कार्यक्रम गर्न नसक्दा रगतको अभाव भएपछि सामाजिक दुरी कायम गर्दै रगतको अभावलाई कम गर्न कार्यक्रम आयोजना गरिएको थापाले जनाए । 

सक्रिय सहकारी सञ्जालमा काठमाण्डौ र ललितपुरका २२ सहकारी संस्था आवद्ध रहेका छन् ।  




लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif