Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

मेगा ड्रिम बहुउद्देश्यीयद्वारा ५० परिवारलाई खाद्यान्न वितरण


२०७७ बैशाख २३ गते , मंगलवार प्रकाशित

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले विपद र अप्ठ्यारोमा परेकाहरुलाई सहयोग पु¥याउने उद्देश्यले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । सोही अनुरुप संस्थाको चाबहिल सेवा केन्द्रले आज ५० घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । 

संस्थामा आवद्ध अतिविपन्न सदस्यहरु र गैर सदस्यहलाई संस्थाले दाल, तेल, नुन, चामल र मस्यौरालगायतका खाद्य सामग्री वितरण गरिएको चाबहिल सेवा केन्द्र प्रमुख पुरन कुँवर नेपालपत्रलाई जानकारी दिए । 

प्रत्येक परिवारलाई साढे १२ केजी मसिनो चामल, १ केजी दाल, १ लिटर तेल, एक पाकेट नुन र १ पाकेट मस्यौरा दिइएको हो । उक्त राहतबाट ५० परिवारका १५० भन्दा बढि व्यक्ति लाभान्वित भएको कुँवरले जनाए । राहत वितरण सेवा केन्द्र प्रांगणमा गरिएको थियो । 



काठमाडौं महानगरपालिकाका वडा नं ७ का अध्यक्ष शुद्ध कुमार डंगोलको संयोजकत्वमा राहत वितरण गरिएको हो । संस्थाले लकडाउनका कारण प्रभावित भएका त्यस क्षेत्रमा बसोवास गर्ने अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने वर्गलाई भोकमरीबाट बचाउन खाद्यान्न उपलब्ध गराइ सराहनीय योगदान पु¥याएकोमा अध्यक्ष डंगोलले धन्यवाद दिए । 

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने यस्ता कार्यक्रमहरु गर्दै आएको छ । यस अघि सानोठिमीको मगरगाउँमा बसोबास गर्ने दृष्टिविहीन र अशक्त व्यक्तिहरुलाई पनि संस्थाले राहत वितरण गरेको थियो । 

संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीको संयोजकत्वमा एक विपद व्यवस्थापन उपसमिति गठन गरी सहकारीले काम अगाडि बढाएको हो । राहत वितरण कार्यक्रमबाट लकडाउनका कारण समस्यामा परेका र दैनिक चलाउन कठिन भएकाहरुलाई ठूलो राहत मिलेको छ । संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ ।


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif