Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

चीन–अमेरिका सन्वन्ध र बढ्दो आर्थिक चिन्ता


२०७७ बैशाख २१ गते , आईतवार प्रकाशित

        आज बिश्वका दुइ ठूला अर्थब्यवस्थाका रुपमा बिकसित भएका  अमेरिका र चीनमाथि कोरोना भाइरसले तहस नहस पारेको बिश्व अर्थब्यवस्थालाई पुनः सही बाटोमा ल्याउन नेतत्व गर्ने अत्यन्तै ठूलो जिम्मेवारी रहेको छ । यस्तो गम्भीर स्थितिमा दुइ देशका बीच चल्ने शीत युद्धले बिश्वका सम्पूर्ण देशहरुलाई नोक्सान सीवाय अरु केही हुने छैन । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपति चुनावमा यो बिश्व ब्याधी कोरोना भाइरसलाई आफ्नो एउटा महत्वपूर्ण चुनावी मुद्दा बनाउन ध्याउन्नमा लागेका छन् । उनी कोरोना भाइरस बिरुद्ध उनको प्रशासन लड्न नसकेको  असफलताको आरोपको सामना गरिरहेका छन् । अनि यति बेला उनी  निकै आक्रामक मुद्रामा देखिन थालेका छन् । अनि यस स्थितिमा चीनका साथसाथै आफ्ना सबै बिरोधीहरुलाई पनि तारो बनाइरहेका छन् ।  

  यताका दिनहरुमा कयौ पटक डोनाल्ण्ड ट्रम्पले  चीनमाथि के आरोप लगाइरहेका छन् भने चीन उनी अब फेरि अमेरिकाको राष्ट्रपति नबनुन् भन्ने चाहन्छ । उनको चीनमाथि के पनि आरोप छ भने डेमोक्रेटिक पार्टीका अर्का राष्ट्रपति उम्मेद्वार जोसेफ आर. बाइडेनको बिजयको लागि चीन कोशिश गरिरहेको छ । चीनले ह्वाइटहाउसमा एकजना कमजोर र सामान्य ब्यक्ति पुगोस् र चीनको आर्थिक र राजनीतिक हितहरुको पूर्ति होस् भन्ने चीनले चाहेको पनि उल्लेख गर्ने गरेका छन्  । यद्यपि अमेरिकामा हुने गरेको राष्ट्रपति चुनावमा कुनै अर्को देशलाई दोषरोपण गर्ने र तान्ने यस्तो कोशित यो पहिलो पटक भएको चाँही होइन । यो भन्दा अघिको चुनावमा पनि डेमोक्रेटिक पार्टीले डोनाल्ड ट्रम्पमाथि यस्तै आरोप लगाएको थियो । त्यतिबेला के भनिएको थियो भने रुस हिलारी रोधाम क्लिण्टनलाई  अमेरिकाको राष्ट्रपति बन्न दिन चाहँदैन । त्यतिबेला रुसमाथि प्रत्यक्ष वा परोक्षरुपमा ट्रम्पलाई मद्दत गरेको आरोप लगाइएको थियो । यस पटकको चुनावमा डोनाल्ड ट्रम्प बिरोधीहरुका बिरुद्ध  त्यसै बिदेशी कार्डको उपयोग गर्न अहिलेदेखि नै लागेका छन् ।


  हुन त अहिले यो अमेरिकी चुनाव आउन ६ महिना जतिको समय बाँकी नै छ । अनि यस के कुराको पनि सन्देह छ भने चुनाव प्रचारको क्रममा ट्रम्पको चीन बिरोधी प्रलापले कोरोना महामारीबाट बाहिर निस्कने बिश्वब्यापी अभियानमा बिपरीत असर पर्नेछ । ट्रम्पले हालै चीनमाथि के आरोप लगाएका छन् भने कोरोना भाइरस चीनको वूहान स्थिति बिषाणु अनुसन्धान प्रयोगशालाबाट निस्किएको थियो ।  अमेरीकी मतदाताहरुलाई के सन्देश दिन चाहन्छन् भने चीनले जानीबुझीकन यो कोरोना भाइरसको माध्यमबाट अमेरिकालाई तारो बनाएका छ । यद्यपि अमेरिकाका बिभिन्न गुप्तचर संस्थानहरुले यो कुरा स्पष्ट पारिसकेका छन् कि यो बिश्वब्यापी फैलिएको कारोना भाइरस मानब निर्मित भाइरस होइन । यसका अतिरिक्त यो प्रयोगशालमा भाइरसको जीन बदल्न गरिएको कुनै प्रयोगको परिणाम पनि होइन । ती गुप्तचर संस्थाहरुले अनुमान गर्नका लागि केवल एउटै गुञ्जायश छोडेका छन् । त्यो के भने – हुन सक्छ कि दुर्घटनाबश यो भाइरस प्रयोगशाला बाहिरबाट निस्केको होस्, जुन भाइरसले पछिबाट चीन, यूरोप र अमेरिका समेत सारा संसारलाई आफ्नो चपेटामा पारेको होस् । ट्रम्प प्रशासनले पूरै मामिलाको गहन छानबिन शुरु गरिरहेको छ । सम्भब छ कि आगामी महिनाहरुमा छानबिनको प्रतिबेदनको आधारमा चीनलाई अमेरिकी प्रशासनले कठघरामा उभ्याउने प्रयत्न पनि गर्ला !

  अमेरिकाको यस्तो रबैयाले चीन र अमेरिकाको तानातानी बढिरहेको बेला कोरोना  भाइरसको बिश्व ब्याधीसँग एकजुट भएर लड्ने बिश्वब्यापी अभियान कमजोर हुनजाने निश्चित प्रायः छ । उदाहरण नै प्रस्तुत गर्ने हो भने अमेरिकाले बिश्व स्वास्थ्य संगठनमाथि ‘चीनको जन सम्पर्क बिभाग’को रुपमा काम गर्ने भनेर जुन आरोप लगायो त्यो नै काफी छ । त्यति मात्र होइन ट्रम्प प्रशासनले बिश्व स्वास्थ्य संगठनलाई दिदै आएको अनुदान पनि सबै कटौति गरिदिएको छ । यसका अतिरिक्त अमेरिकाले चीनको वूहान स्थित एउटा प्रयोगशालामा गर्दै आएको आर्थिक सहयोग पनि रोकिदिएको छ । जुन प्रयोगशालमा चमेरोबाट मानब समुदायमा हुने भनिएको बिषाणु संक्रमणका बारेमा गम्भीर अनुसन्धान भइरहेको छ ।

  यस कोरोना महामारीमाथि ढिलो चाँडो मानब समुदायले काबु पाउने छ । तर यसको नियन्त्रण पछि पनि लक डाउनमा गएको  बिश्व अर्थब्यबस्थालाई पुनः सक्रिय गराउनु पर्ने ठूलो चूनौति बिश्व सामु छ । अहिले बिश्वका दुइ ठूला अर्थब्यबस्था भएको मुलुक भनेको अमेरिका र चीन नै हुन् र यो ठप्प भएको बिश्व अर्थब्यवस्थालाई पुनर्जीबित र गतिमान गराउने जिम्मेवारी पनि मूलतः अमेरिका र चीनमाथि नै छ । उनीहरुले नै यो कोमामा पुगेको बिश्व अर्थब्यवस्थालाई प्राण भर्ने र गतिमान गराउने जिम्मेवारी लिनुपर्ने र अगुवाई गर्नुपर्ने हुन्छ । त्यसैले यी दुइ देशका बीचको नचाहिँदो   तिक्तताले सारा बिश्वका देशहरुलाई ठूलो नोक्सानी हुन पुग्दछ । यसै माहामारीका बीच पनि कतिपय देशहरुले बिग्रदो अर्थब्यवस्थालाई सुधार गर्न र सही बाटोमा हिडाउन अहिलेदेखि नै प्रयत्न गर्न शुरु पनि गरिसकेका छन् ।

  यद्यपि अमेरिका, यूरोप समेतका कतिपय देशहरु भने चीनमाथि कोरोना बिषाणुको महामारीको घटना लुकाएर र बिश्वमा फैलाएको एकोहोरो आरोप लगाउन छाडेका छैनन् । यसले गर्दा चीनमा लगानी गर्ने कतिपय कम्पनीहरु पनि अरु देशतर्फ आफ्नो मुकाम बदल्न खोजेजस्तो देखिदै  आएको छ । त्यस्ता कम्पनीहरु भारततिर आकर्षित गर्न पनि त्यहाँको सरकारले प्रयत्न गरिरहेको छ र त्यसका लागि कपितय राम्रा र आकर्ष योजनाहरु प्रस्तुत गर्न लागेको पनि देखिएको छ । यद्यपि ती लगानीकर्ताहरुले पनि यो बिश्व महामारीको प्रकृत्ति र प्रबृत्तिलाई हेरेर चीन नै बरु बढी सुरक्षित हुने बिश्वास पनि ब्यक्त गरिरहेका छन् । किनभने चीनमा यो ब्याधीले  ठूलो परिमाणमा संक्रमित गर्दा पनि त्यसबाट चीनले निजात भाएको उनीहरुले अनुभव गरिरहेका छन् ।

  अमेरिकी चुनावमा दोश्रो कार्यकालका लागि यदि डोनाल्ड ट्रम्प बिजयी बने भने उनका अगाडि यस प्रकारको कुनै बाध्यता हुने छैन कि उनले चीनका बिरुद्ध आफ्नो अभियान जारी राख्नु पर्दछ । बरु उनलाई डामाडोल भएको अमेरिकी अर्थब्यवस्थालाई पुनः सही पहल गरेर कसरी पुनर्जीबित र गतिमान गराउने अनि अत्याधिक बढेको बेरोजारीलाई कसरी हल गर्ने भन्ने प्रश्न नै टढकारो बन्ने छ र बनिरहेको छ । अमेरिकालाई यो काम फत्ते गर्न चीन लगायतका देशहरुसँग अबश्य मद्दत लिनुपर्ने र मिलेर काम गर्नुपर्ने हुन्छ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif