Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

अबदेखि ग्रीन, एल्लो र रेड जोनका आधारमा लक डाउन चल्ने


२०७७ बैशाख २१ गते , आईतवार प्रकाशित

  काठमाडौं ।  लकडाउनलाई स्थिति अनुरा केही खुकुलो र खुला गर्दै कोभिड–१९ को अहिलेको पूर्ण लकडाउनको स्थितिबाट बाहिर निस्कने रणनीति सरकारले तयार पारेको छ ।कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले  यस्तो कार्ययोजना तयार पारेको बताइएको छ  ।     यस रणनीतिक  कार्ययोजना अनुसार  सिंगो देशलाई स्वास्थ्य सम्वन्धि तथ्यांक र बैज्ञानिक बिश्लेषणका आधारमा ग्रीन, एल्लो र रेड तीन क्षेत्रमा विभाजन गरी ४० दिनदेखि चलिरहेको लकडाउनलाई खुकुलो बनाइन लागेको उल्लेख छ ।     यस रणनीति अनुसार ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने,।संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मूख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन पूरै जारी राखिनेछ ।

यस सम्बन्धमा भारतसँगको सीमा र बाह्य उडान आवत जावतमा बिशेष निगरानी र साबधानीका उपायहरु गर्नुृ पर्ने देखिछ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif